कक्षा १ देखि नै प्रथम सागरको उच्च शिक्षा पढ्ने सपना !

कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए।लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए।झि मरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्।

सयौँ विद्यार्थीलाई उछन्दै उनी गाउँपालिकाकै बढी जीपीए ल्याउने दोस्रो विद्यार्थी बने। शिक्षकका अनुसार बाल्यकालदेखि नै उनी पढाइमा लगनशील थिए। प्रतिशतमा हेर्दा उनले एसईईमा ८८ दश मलव ७५ प्रतिशत ल्याएका छन्।

विज्ञान विषय पढेर उनको डाक्टर बन्ने सपना छ। घरको आर्थिक अवस्था कमजोर भए पनि उनी राम्रो अंक ल्याएर उर्तीण भए। गरिबीका कारण जिसीको उच्च शिक्षा पढ्ने सपना अधुरै छ। आफूसँगै एसईई उत्तीर्ण गरेका साथीभाई विद्यालय भर्ना भएर पढाइलाई अघि बढाइसके। खाली समयमा धेरै साथीसंगीले ‘व्रिजकोर्स’ समेत पुरा गरे।उनी घरमै एसईईको मार्कसिट हेरेरै दिन बिताएका छन्।

तीन भाइबहिनी मध्ये उनी जेठो छोरा हुन्। आमाले पाँच वर्षअघि दोस्रो विवाह गरिन्। बुवा धर्मेन्द्र बहादुर जिसी अपांग छन्। उनी बोल्न सक्दैनन्। गाउँमा मजदुरी गरेर जीविका चलाएका छन्।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार ०२:०५