डाक्टर केसी औषधि काे झोला बाेकेर बाढी पीडित काे उपचार गर्न रौतहट पुगे !

देशका विभिन्न विकट स्थानमा आफना ज्यानजोखिममा राखेर स्वास्थ्य प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी अहिले रौतहटका बाढी प्रभावित बस्तीमा पुगेका छन् । असार २८ गते आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उपचारका लागि शुक्रबार रौतहट आएका डाक्टर केसी बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहाबाट पिडित जनताहरुको स्वास्थ्य परिक्षण आरम्भ गरेका छन् ।

विनाशकारी बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै जाँदा रौतहट सदरमुकाम गौरमा औषधी सहित आइपुगेका डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गई विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेका छन् ।

स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसी संग स्वास्थ्य परिक्षण गराएका छन् । बाढी आएको शुक्रवार आठौं दिन सम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परिक्षण सम्बन्धी कुनै क्याम्प संचालन नगरेको अकस्मात डा. केसी आएर परिक्षण सुरु गर्दा विरामीहरुको चाप बढेको पिडितहरु बताउछन् ।
स्वास्थ्य परिक्षण गर्न आएका डा. केसी संग संचारकर्मीहरु जिज्ञासा राख्दा बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यबाट लिई आएको प्रतिक्रिया दिए । आफू नेपाली भएको र आफनै देशका जनताहरु पिडामा रहदा आफू पिडा सहेर बस्न नसक्ने भएकोले आफ्ना दाजुभाईहरुलाई केहि हद सम्म सहयोग होस भन्ने आएको उनले बताए । आफू हाडजोर्नी विशेषज्ञ भएपनि जति सक्दो सेवा सुविधा दिएर जनताहरुलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको स्पष्ट पारे ।आफू जिवित रहे सम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तर रुपमा लागि रहने प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०१:३४