“मिनी पानीजहाज” दुई महिनाभित्र संचालनमा आउने

नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) दशैअघि नै संचालनमा आउने भएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले आज शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दुई महिनामा निर्माण सम्पन्न हुने जानकारी दिएको छ।

नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिरहेका छन् । भारतीय र नेपाली गरी ५० जना खटिएका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ। नेपालले सन् २०२० पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला रिभर क्रुज जहाजले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ । ‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ । वर्षाको समयमा भने पानीजहाज बन्द रहनेछ।

करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज शिप हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिएका छन्। कंडेलका अनुसार क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ। तीन सिफ्टमा क्रुज संचालनको तयारी हुँदै छ।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।

यो पनि पढ्नुस : हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ?आजको यस धर्मको अङ्कमा, हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ।

महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो।

महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिएः

१. आगोको धूप
प्राचीन दिनहरूमा, पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको कामधन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

२. डरलाग्दो दृश्य
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ। यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिलेपहिले महिलालाई मलामी पठाउँथेनन्।

३. लास जल्ने समय
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरैरूपमा जलाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।

४. भूतको डर
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ। त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

५. संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ। परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ। नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अर्थ्याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन। अर्थ जानौँ, ठिक बेठिक, आवश्यक अनावश्यक संस्कृति छुट्याउन सकौँ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १७:००