बढी घुस खाएकोले प्रदेश सरकार नै बदनाम:शेरधन राई

सोमवार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको सुशासन प्रवद्र्धन कार्यक्रममा विशेष निर्देशन दिदै मुख्यमन्त्री शेरधन राईले यति वेला एक नम्बर प्रदेशमा कर्मचारीहरुले घुस खाने प्रवृत्ति बढेकाले प्रदेश सरकारनै बद्नाम भएको जिकिर गरेका छन्। प्रदेश नं. १ का कार्यालय प्रमुखहरुलाई मुख्यमन्त्री राईले राष्ट्रसेवक कर्मचारीहरुले गलत क्रियाकलाप नगर्न र आर्थिक आचरणमा सुधार ल्याउन चेतावनी समेत दिएका छन्। केही कर्मचारीहरु आर्थिक संकलनमा लागेको मुख्य मन्त्रालयमा सूचना आएकाले कर्मचारीलाई यस्ता गतिविधि नगर्न आग्रह पनि गरे। एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको थियो ।

मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उनले भने, ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’ सो कार्यक्रममा प्रदेश सरकारको मातहतमा रहेका निर्देशनालय, कार्यालय र योजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री राईले एक जना कर्मचारी घुस लिदालिदै पक्राउ पर्दा कर्मचारीलाई कारवाही हुनु र जागिर जानु स्वभाविक भएपनि यसबाट प्रदेश सरकार नै बद्नाम हुने भएकाले त्यस्ता कार्य नगर्न आग्रह गरे।

एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको थियो । उनले कर्मचारीहरु जनताले कर तिरेको पसैसाबाटनै चल्ने भएकाले नैतिक जिम्मेबारीका साथ काम गर्न सल्लाह दिएका छन्। मुख्यमन्त्री राईले प्रदेश १ का कर्मचारीहरुको गलत प्रवृत्तिको छानबिन गर्ने कार्य मन्त्रालयले शुरु गरेको जानकारी समेत दिए। प्रदेश एक सरकारले साउन २५ गते भित्र गत वर्षको बजेटको समीक्षा र आगामी वर्षको कार्ययोजना बनाउन लागेको जानकारी पनि मुख्यमन्त्री राईले दिएका छन्।

उनले यस आर्थिक वर्षको बजेट जेठ १५ गते सम्म खर्च गर्ने गरी समय तालिका सहितको कार्ययोजना बनाउने बताए। यसैगरी, मुख्यमन्त्री राईले कर्मचारीहरुको बर्षभरिको कामको मुल्याङ्कन समेत गरिने बताएका छन्। मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए । उनले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षासमेत गरेको बताए।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार १४:२९