२४सै घण्टा पोखरा लेकसाइड खुला गर्न माग

पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ ।

सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारपक्षबीच छलफल चलाएको थियो । सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीले धारणा राखेका छन् ।

“लेकसाइड ११ बज्न नपाउँदै सुनसान हुन्छ, प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा प्रहरीले सुरक्षा प्रदान गर्न सके खोल्नु उपयुक्त हुन्छ”, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया भन्नुभयो, “होहल्लाको व्यवस्थापन गरेर यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके होटल रेष्टुरेण्ट खोल्दा धेरै फाइदा हुन्छ ।”

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले लेकसाइडमा रु पाँच खर्ब बढीको लगानी भएको र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराको पर्यटन बजार फराकिलो हुने भएकाले आजदेखि नै गृहकार्य थाल्न जरुरी रहेकामा जोड दिनुभयो । सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई डियुटिपछि घर पु¥याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियशनका (रेवान) पोखरा अध्यक्ष भिमसेन भुजेलले अहिले पनि भारतीय पर्यटक आफ्नो साधनमा पोखरा आउँदा राति ११÷१२ बज्ने गरेकाले समस्या हुने गरेको बताउनुभयो । अहिले राति १० बजे नै प्रहरीबाट हुने धरपकडले रेष्टुरेण्टमा खाइरहेका पर्यटकलाई आतङ्कित पार्ने काम हुँदै आएको बताइएको छ ।

नेपाल टुर्र एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष सन्तोष पोखरेल लेकसाइडमा व्यवसाय गर्नेहरुको मात्रै नभएर आवासीय बासिन्दाको पनि भावना बुझनुपर्ने बताउनुभयो । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कसैले जितेको र कसैले हारेको रुपमा लेकसाइडको व्यवसाय अघि बढ्न नसक्ने बताउनुभयो ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार ०१:२६