दुबईमा स्वर्गीय प्रकाशको नाममा २१ अर्वको सम्पति……

राजनीतिक विष्ले*षक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागार्जुनवाट पनि निकाल्ने भन्दै दिएको अभिब्यक्तिको विरोध गरेका छन् । उनले पूर्वराजाको सादगी देखी डराएका नेताहरुले जथाभावी बोल्न थालेको बताएका छन् । एउटा युट्युव च्यानललाई दिएको अन्तर*वार्तामा उनले आफुलाई राजावादी भनेर गर्ने टिप्पणीको पनि खण्डन गरेका छन् । उनले पूर्वराजालाई भेट्दैमा राजा*वादी नहुने बताए ।उनले राजनीतिक दलका नेताहरुले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नेहरुले आफुलाई राजावादी भन्न नमिल्ने बताए ।

उनले केही समय अघि पूर्वराजा ज्ञानेन्द्र शाह*लाई भेटेका थिए । उनले आफु एउटा राजनीतिक विष्लेषक भएका नाताले सबैसंग भेटघाट गर्ने गरेको बताए । पूर्वराजालाई नागार्जुनवाट निकाल्छु भन्नेहरु अराजक भएको बताए । जो ब्यक्ति आतंकवादी हो भनेर हेगमा लैजान्छौं भन्ने ब्यक्तिले नै पूर्वराजालाई निकाल्छु भन्न नमिल्ने बताए ।प्रचण्ड*ले नेतृत्व गरेको आन्दोलनले १७ हजार नागरिकको ज्यान लिएको बताउँदै उनले प्रचण्डलाई पनि ज्यान मुद्दा लगाउनुपर्ने टिप्पणी गरे । उनले राप्रपाका नेता कमल थापाले ब्यवस्था फेर्ने कुरा गर्ने अधिकार नभएको बताए ।

उनले नै धर्मनिरपेक्ष मानेर मन्त्रि बन्दै हिडेकाले ब्यवस्था फेर्ने कुरा गर्न नमिल्ने उनको विष्लेषण छ । कमल थापाहरु जुहारी खेल्ने हैसियतमै नरहेको टिप्पणी गरे । उनले चुनावी घोष*णा पत्रमा उल्लेख गरेका कुरा भन्दा बाहिर गएर कुनै पनि राजनीतिक दलका नेता बोल्न नपाउने बताए ।उनले अहिलेका राजनीतिक दलका नेताले राज*नीतिकलाई धन्दा बनाएको आरोप लगाए । अहिले पछिल्लो पटक पत्नी सीतालाई लिएर दुवई जानुको पछाडी पनि त्यस्तै कारण रहेको उनको दावी छ । उनले प्रचण्ड*का छोरा प्र*काशको नाममा दुवईमा २१ अर्व रुपैया रहेको दावी गरे । त्यसैले प्रचण्ड परि*वार दुवई गएको उनले दावी गरे ।

यो पनि पढ्नुस[][]

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महि*नासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः[]

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः[]

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः[]

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः[]

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः[]

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः[]

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०३:२८