‘एक घर, एक रोजगार’ कार्यक्रम

सुर्खेतको गुर्भाकोट नगर*पालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगर*पालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो ।

“कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्दे*श्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ”, नगरप्रमुख हस्त पुनले भन्नुभयो, “एक घरका एक जना*लाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ ।” नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खा*लका व्यावसायिक कार्यक्रम ल्याएको छ । पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले भविष्यका आधारका रुपमा बाल*बालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रममा आ*गामी आवमा २०० खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ । “यसका लागि जस्तापाता खरीदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ”, प्रमुख पुनले भन्नुभयो, “आगामी तीन वर्षभित्रमा गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौँ ।”

नगरपालि*काले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । “यो कार्यक्रमअन्तर्गत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ”, उपप्रमख मैना विकले भन्नुभयो, “महिलालाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो ।”

त्यसैगरी नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पु¥याउनका लागि विभिन्न योजना अघि ल्याएको छ । यस्तै नगर क्षेत्रभित्रका सामु*दायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय पौष्टिक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसे*विकाका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विवि*धिकरण र विशिष्टीकरण गर्नुका साथै कम्तीमा पनि १५ कृषक तथा समू*हलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ ।[][]

यो पनि पढ्नुस[][]

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार ०५:०६