जे बर मागे पनि पुग्ने ! दर्शनको लागी पुग्नै पर्ने शिवको मन्दिर हेर्नुहोस (भिडियो सहित)

बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ । बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन ।

अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला । हेरौ सोही मन्दिरको भिडियो ।[]

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार २०:३५