धनकुटाका ३२ वर्षीय आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि

धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् । पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ । आनन्द लिन भौतिक रूपमा तयार गरिएको साधन यही छ । उच्च सुविधायुक्तको व्यापारिक मल मात्रै छैन । हरेक क्षेत्रमा नाम कमाएका हस्तीहरूको अपार्टमेन्ट यही छ । ती अपार्टमेन्ट समुद्रमा कमलको फूल फुलेजसरी लहरै उभिएका छन् ।

त्यही समुद्रको किनारमा ‘दुबई मरिना एच क्लब’ छ । जहाँ ५ सय ५० भन्दा बढी सुविधायुक्त पानीजहाजलाई आकर्षक रूपमा पार्किङ गरी राखिएका छन् । जसमध्ये एउटा ‘मेजेस्टी ६१’ नाम गरेको डीपी २१७६ नम्बरको पानीजहाज छ । त्यसका २५ प्रतिशत मालिक हुन्, आकाश घिमिरे । नाम्जाङ सिदुवा–धनकुटाका ३२ वर्षीय आकाश कसरी विश्वस्तर क्लब मरिनाका सदस्य भए ? कसरी जहाजको मालिक बन्न पुगे त ? यसको कथा बुझ्न दुबई–कतारको १२ वर्षे दु:ख संघर्ष खोतल्नुपर्छ ।

आकाश एकैपटक सेतो सर्ट, कालो पाइन्ट र क्याप्टेनको टोपी लगाउन दुबई छिरेका थिएनन् । सन् २००६ तिरको कुरा हो । भर्खरै १२ कक्षा पास गरेका थिए । हातमा स्काभेटर चलाउने सीप मात्रै थियो । रिभर ओभरसिज म्यानपावरलाई ६५ हजार रुपैयाँ बुझाएर कतारमा स्काभेटर चलाउन उडे । सम्झौता गरेअनुसार कम्पनीले स्काभेटर चलाउन दिएन । नीलो डांग्री (पोसाक) दिएर लेबरमा बेल्चा हान्न पठाए । कतारी कम्पनीमा ६ महिनाभन्दा बढी बेल्चा हान्नुपरेन । ‘म अंग्रजी राम्रैसँग बोल्थें । कम्पनीले मलाई साइडमा पठाएन । अफिसभित्रै सहयोगी बनायो,’ उनले भने, ‘अफिसभित्र छिरेपछि काम सिक्न थालें । मलाई खरिद गर्ने विभागमा राखियो । कम्पनी छोड्ने बेलासम्म हर्ताकर्ता भइसकेका थिएँ ।’

कतार दुई वर्षसम्म टिके । सवारी चालक अनुमति बनाइसकेका थिए । नेपाल फर्के । नेपाल फर्केको दुई महिनाभित्रै दुबई गए । ‘दुबईमा आफन्त थिए । के भिसामा आउने भनेर सोधे । उनीहरूले कतारी लाइसेन्स भए ड्राइभिङ काममा आइज । सजिलो हुन्छ,’ उनले भने, ‘ड्राइभिङ काममै गए ।’ संयोगले उनी दुबई मरिना एच क्लबमै गाडी चलाउन पुगे ।

उनले पहिलोपटक पानीजहाज मरिनामै गएर देखेका थिए । सेतो जहाज पानीमा सरर चलेको देख्दा मन लोभियो । त्यतिखेर आकाशलाई लाग्यो, ‘अब सडकमा गाडी होइन, पानीमा जहाज कुदाउने हो ।’

‘के भए जहाज चलाउन पाइन्छ ?’

मरिना क्लबमा आउनेहरूसँग बुझ्थे । एउटाले भनिदिए, ‘६ महिने कोर्स छ । त्यो कोर्समा उत्तीर्ण भए पाइन्छ ।’
ड्युटी साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म हुन्थ्यो । कलेजको समय ९ देखि ६ बजेसम्म । काम सकिनासाथ कलेजका लागि तयार हुन्थे । ‘कैयांै दिनसम्म त म कोठामा पनि गइनँ । गाडी नै मेरा लागि कोठाजस्तो हुन्थ्यो,’ उनले भने, ‘मसँगै आउने साथीहरू अहिले पनि मेरो त्यतिखेरको मिहिनेतलाई सम्झन्छन् । अहिले सम्झँदा आफंैलाई लाग्छ । मैले त्यो ६ महिना कसरी बिताउन सकें ?’

खाने, बस्ने र सुत्ने कुनै ठेगान थिएन । मुस्किलले दिनमा दुई/तीन घण्टा सुत्थें । कलेजको शुल्क ३५ हजार दिराम (१० लाख ५० हजार रुपैयाँ) थियो । कलेजलाई तिर्ने पैसा भने सबै तलबबाटै जुटाउने । ‘१५ सय दिराम तलब आउँथ्यो । कहिलेकाहीँ टिप्स पाउँथें,’ उनले भने, ‘मेरो घरमा पैसा माग्ने कोही छैन ।’

६ महिनाको कोर्स पूरा गरेपछि उनले तुरुन्तै जहाज चलाउन पाएका थिएनन् । हातमा सीप छ तर चलाउन जहाज छैन । ‘केन्ट भन्ने एकजना चिनेको थिएँ । उसको मरिनामा जहाज थियो । बिदाको दिन मलाई आफ्नो क्रूर मेम्बर (हेल्पर) बनाएर लग्न थाले । ऊ बस्थे । म जहाज चलाएर हिँड्थें,’ उनले भने, ‘एक दिनको ५ सय दिराम दिन्थें ।’

जहाज चढ्न आउने सामान्य खालको वर्ग हँुदैन । ‘एक दिनका लागि ५० हजार दिराम (१५ लाख रुपैयाँ) खर्च हुन्छ,’ उनले भने, ‘मैले जहाज चलाउन थालेपछि बढीजसो जहाज मालिकसँग सम्बन्ध हुन गयो ।’

त्यही क्रममा मिस्टर जेनसँग भेट भयो । उसले आफ्नो जहाजको क्याप्टेन बनाए । महिनाको ४ हजार ५ सय दिराम तलब दिन तयार भए । पानीमा जहाज कुदाउने सपना जेनले पूरा गरिदिए । त्यसपछि गाडी चलाउने काम छोडिदिए ।

उनीसँगको सहयात्रा दुई वर्षसम्म निरन्तर भयो । मजेनको ११ वटा जहाज थियो । चार जना मात्रै क्याप्टेन । ‘चार जनाले ११ वटा जहाजको व्यवस्थापन गर्नुपथ्र्यो । एउटा जहाज लिएर गयो । फर्केर आउँदा अर्को जहाजमा ग्राहक प्रतीक्षामा बसिरहेका हुन्थे,’ उनले भने, ‘धेरै प्रेसर भयो । धान्न गाह्रो भयो ।’

त्यही बेला एक जना बेल्जियम एउटा प्रस्ताव लिएर आए । उनी यूएईका ठूला व्यापारी थिए ।
‘म एउटा प्राइभेट जहाज लिँदै छु । यसको क्याप्टेन तिमीलाई बनाउँछु । तर तिमीलाई महिनावारी तलब दिन्न । २५ प्रतिशत हिस्सा दिन्छु । मलाई चाहेको बेला मसँग हुनुपर्छ । बाँकी तिमीले यसको व्यवस्थापन गर्नुपर्छ,’ उनको प्रस्ताव थियो ।

जहाजको मूल्य कम्तीमा ३० लाख दिराम (झन्डै ९ करोड रुपैयाँ) पर्छ । त्यसको कम्तीमा २ करोड २५ लाख रुपैयाँ आकाशले जुटाउनुपर्दथ्यो । ‘जहाज चलाउँदा तलबभन्दा टिप्स आउँथ्यो । कहिले त एकै जनाले पनि १० हजार दिराम (३ लाख रुपैयाँ) सम्म दिन्थ्यो । मैले कमाएको पैसा सबै यूएईमा राखेको थिएँ,’ उनले भने, ‘उनले राखेको प्रस्ताव स्वीकार गर्नसहज भयो ।’

त्यसपछि उनी मरिना क्लबकोसदस्य भए । जहाजको मालिक बने । आकाश ‘मेजेस्टी ६१’ जहाजमा‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् ।[]

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार २०:३९