मंगलबार तपाईंका लागि वैभवपूर्ण दिन हुनसक्छ

धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्दा धन सम्पन्न हुन्छ भन्ने मान्यता छ । त्यसो भए धन प्राप्तीका लागि मंगलबार के गर्ने त ?
धर्मशास्त्र अनुसार, तपाईंले मंगलबारको दिन हनुमानको पुजा आराधना गर्नुभयो भने तपाईंलाई आर्थिक लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ ।

जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ ।

मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्को तर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ ।

भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ । एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेत आत्माले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेतआत्मा हट्ने धार्मिक विश्वास छ।[]

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार २०:४४