निकै खुशीको खबर : ओली सरकारको अहिलेसम्मकै ठुलो कमाल, घरघरमा रोजगारी दिन शुरु

देशमा बेरोजगार निकै मौलाइरहेको बेला सुर्खेतमा भने निकै प्रगति भएको छ | सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको ठुलो अवसर दिने मात्र होइन पैसा कमाउने र त्यो पैसालाई सदुपयोग गरि जीवनलाई नै सुखमय दिने लक्ष्य अन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको बताइएको छ |उक्त नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिएर त्यस क्षेत्रमा जनताको आर्थिक पक्षमा निकै बलियो बनाउने लक्ष लिएको बताइएको छ |

“कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ”, नगरप्रमुख हस्त पुनले भने, “एक घरका एक जनालाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ।” नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उनले बताए। यसरी हेर्दा सबैको घरमा राम्रो रोजगार हुने भएपछि विदेश पलाएन रोक्न सकिने र आर्थिक समृद्धको मुद्रा गाउँ बाहिर नजाने भएपछि आर्थिक बलियोको लागि पनि यो कार्यक्रम कोशेढुंगा साबित हुने बताइएको छ |

नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खालका व्यावसायिक कार्यक्रम ल्याएको छ। पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ।

नगरपालिकाले भविष्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ।

नीति तथा कार्यक्रममा आगामी आवमा २०० खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ। “यसका लागि जस्तापाता खरीदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ”, प्रमुख पुनले भने, “आगामी तीन वर्षभित्रमा गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौँ।”

नगरपालिकाले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। “यो कार्यक्रमअन्तर्गत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ”, उपप्रमख मैना विकले भने, “महिलालाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो।”

त्यसैगरी नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पुर्याउनका लागि विभिन्न योजना अघि ल्याएको छ। यस्तै नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय पौष्टिक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विविधिकरण र विशिष्टीकरण गर्नुका साथै कम्तीमा पनि १५ कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ। रासस[]

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ ।त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।

यसरी प्रस्तावित विधेयकमा ज्येष्ठ नागरिकका हकवाला वा छोराछोरीलाई बाबुआमाप्रति जिम्मेवार बोध गराइने तथा हेरचाह गर्ने कोही नभएका अवस्थामा राज्यले नै हेरचाह केन्द्रमा राख्ने व्यवस्था गरिएको छ ।प्रस्तावित विधेयकमा दफा ८ मा दफा ८ (क) र दफा ८(ख) थप गरिएको छ । दफा ८ (क) को उपदफा १ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्नेछ । उमेर बढ्दै गएपछि मानिसहरु बिस्तारै ज्येष्ठ नागरिकमा परिणत हुन्छन् ।

उपदफा २ मा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी सङ्घसङ्गठन वा प्रचलित कानूनबमोजिम संस्थापन वा दर्ता भएका निजी संस्थाबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिएबमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ । यसरी समाजमा पहिलो पटक नौलो देखिएको बाबुआमाको बैंक खातामा छोराछोरीले केही प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा प्रस्ताव गरिएको छ । हाल यो नै दफामा केन्द्रित रहेर सांसदहरुले महिला तथा सामाजिक समितिमा छलफल गरिरहेका छन् ।

त्यस्तै दफा ८ (ख) मा दुव्र्यवहार तथा अपमान गर्न वा झुक्यानमा पार्न नहुने व्यवस्था गरिएको छ । सो दफाको १ मा कसैले पनि ज्येष्ठ नागरिकलाई दुव्र्यवहार वा अपमान गर्न वा गराउन हुँदैन भनी स्पष्ट उल्लेख गरिएको छ । उपदफा २ मा कसैले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति लिने खाने उद्देश्यले वा अन्य प्रयोजनका लागि कुनै किसिमको दबाब वा प्रलोभनमा पारी वा झुक्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरू कसैको नाममा राख्न हुँदैन भनी उल्लेख गरिएको छ ।त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक समिति, प्रदेशमा प्रदेश ज्येष्ठ नागरिक समितिको गठन, स्थानीय तहमा स्थानीय ज्येष्ठ नागरिक समितिको गठन प्रस्तावित विधेयकमा गरिएको छ ।

आफ्नो आमाबाबुप्रति सन्तानले सम्मानजनक व्यवहार गर्नुपर्ने व्यवस्था र पालनपोषण, स्वास्थ्य उपचारको प्रबन्ध तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्यबोध गराउने उद्देश्यले ल्याइएको सो विधेयकमा दण्ड, सजाय तथा कानूनी उपचारको पनि व्यवस्था गरिएको छ ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार २०:४९