पैसा नतिरेकाे भन्दै धनुषामा म्यानपावर कम्पनीका एजेन्टले डोजर लगाएर घर भत्काए

धनुषा – विदेश पठाउँदा लागेकाे रकम फिर्ता नगरेको भन्दै महोत्तरीमा एक जनाले डोजर लगाएर ऋणीकाे घर भत्काएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका-१, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् ।

शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो पोख्नुभयो । घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताउनुभयो । पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उहाँको भनाइ छ ।

पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइदिएका थिए । तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाउनुभएन ।

आफ्ना पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएकाे र त्यही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेकाे र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेकाे जाहिराले बताउनुभयाे ।

शेखको सम्पतिको नाममा ५ धुर घडेरीमा काठ र माटोले बनाएको यही एउटा सानो घर थियो । पति विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उहाँकी श्रीमती जाहिराले बताउनुभयो । घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् ।

‘विदेशमा पतिको कमाइ थाेरै भएकाले घर व्यवहार चलाउन र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा पुर्‍याए । अब हामी कहाँ बस्ने ?’, जाहिराले आँसु झार्दै भन्नुभयो ।‘

पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता-कपडासमेत निकाल्न नदिइ डोजर लगाएकाे जाहिराको दुखेसाे छ । एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गएकाे असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएकाे जाहिराले आराेप लगाउनुभयाे ।

जाहिराले केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्ने गरेकाे गुनासाे गर्नुभयाे । एक पटक त होहल्ला समेत भइपछि भागेकाे र यस विषयमा पञ्चायत समेत राखिएको थियो । त्यो रीसीबी साँध्नलाई घर तोडेको हुनसक्ने केही स्थानीयको अनुमान छ ।

घर मैले होइन अदालतले तोडेको हो: एजेन्ट ठाकुर

एजेन्ट ठाकुरले शेखको घर आफूले नभइ जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दावी गरे । शेखले विदेश जानकाे लागि नभएर घर व्यवहारका लागि ७ वर्ष अघि २ लाख ५० हजार ऋण लिएको ठाकुरको भनाइ छ ।

‘मसँग शेखले लिएको ऋण तिरेन । त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा असुल उपर गरी पाऊँ भनी मुद्दा हालेँ । डेढ वर्ष अघि अदालतले घरघडेरी लिलाम गर्न आदेश दियो’, एजेन्ट ठाकुरले भने, ‘पटक पटक घर खाली गर्न आग्रह गर्दा समेत मानेन । शनिबार अदालत, प्रहरी प्रशासन मिलेर उसको घर भत्कायो । यसमा मेरो कुनै दोष छैन ।’

तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटना सम्बन्धमा अनभिज्ञता देखाएकाे छ ।

दोषीलाई कारबाही गर्नुपर्छ: नगरप्रमुख साह

भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूले लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले केही गर्न नमिल्ने बताउनुभयाे । घर भत्काएको घटना थाहा पाएपछि निकै दु:ख लागेकाे बताउँदै नगरप्रमुख साहले प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो । from unn.com.np[]

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०५:०३