बिनोद रानाभाटको घरमा अचानक यस्तो भयो ! कतारको जेलबाट निकाल्न युवाहरुको काम-हेर्नुहोस

काठमाडौं– कतारको जेलमा परेका २२ बर्षे नेपाली केटो बिनोद रानाभाटको बिषय यतिबेला सामाजिक सँजाल फेसबुक र युटुबमा चर्चित छ । गरिब, दुखीका भगवान शिशिर भण्डारीले यो बिषयलाई आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा प्रसारण गरेपछि यो बिषय फेसबुकमा पनि भाईरल बन्यो ।

भारतियको ज्यान लिएको आरोपमा ३० महिना भन्दा बढि देखि जेलमा रहेका चितवनमा बिनोदको लागि सहयोग जुटाउन यतिबेला शिशिर भण्डारी लगायत अन्य जुटिरहेका छन् । यसैबिच बिनोद रानाभाटको घरमा यस्तो भएको छ ।

८२ लाख सहयोग उठाउनु पर्नेमा हाल यो अभियान उत्साहजनक रुपमा अघि बढ्दै ४० लाख भन्दा बढि बैंक खातामा जम्मा भैसकेको छ । केहि युवाहरुले सहयोग उठाउन यस्तोसम्म गरेका छन् ।यस बिषयमा शिशिर भण्डारीले फेसबुकमा लेखेका छन्- यि भाई बहिनीहरुको कति महान मन ।

कति राम्रो सोच । बिनोद रानाभाटको दुखद भिडियो हेर्ने बित्तिकै मलाई चितवनबाट पवन न्यौपाने भाईको फोन आयो । ‘शिशिर दाई, त्यो भिडियो हेरेर साह्रै दुख लाग्यो, म पनि हास्य कलाकार बन्न सँघर्ष गरिरहेको मान्छे आफुले जानेको कला देखाएर साथी भाई मिलेर बिनोदका लागि सहयोग जम्मा गर्छु है..कति उठ्छ पछि हजुरलाई भन्छु नि” फोनमा उनले यसै भने ।

मैले शुभकामना दिदै अघि बढ्न भने ।सडक-सडकमा, चोक -चोकमा केडी नृत्य, प्यारोडी गीत गाउँदै, मर्मस्पर्शी नृत्य देखाउँदै कतिको माया र घृणा पाउँदै आज यि भाई बहिनीहरुले लाख भन्दा माथिको सहयोग बि दको परिवारलाई बुझाएका छन् ।

अनि आफ्नै उमेरका बिनोद रानाभाट चाँडै नेपाल फर्केको हेर्ने इच्छा व्यक्त गरेका छन् । यो टिमलाई मेरा्े उच्च सम्मान ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार १२:२९