शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १ भदौ । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् ।

त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जा हेरी दिएकी थिइन् । जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मु द्दा दायर भएको थियो ।

गत साउन ५ गते फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

Loading...
प्रकाशित मिति १ भाद्र २०७६, आईतवार ११:५०