विमानस्थलमा पारसले दु*र्व्यवहार गरेकोप्रति डीआईजी थापा भन्छन्– उजुरी परे का*र*वाही हुन्छ

आमा कोमल शाहलाई बैंककका लागि विदाइ गर्न पारस आइतबार स–परिवार विमानस्थल पुगेका पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानविन थालेको छ ।

उनीसँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थलमा पुगेका थिए । विमानस्थल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले भने घटना भएको दिन आफू विदामा भएको बताउँदै भने, ‘मेट्रोबाट के निर्देशन आएको छ, त्यो मलाई थाहा हुँदैन ।’

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको छ। दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) क्षेत्रीले भने, ‘आम सर्वसाधारणको उजुरी हेर्ने निकायले आफ्नै प्रहरीले दिएको उजुरीमा नहेर्ने भन्ने कुरै हुँदैन ।

हाम्रो अफिसरले उजुरी दिएको खण्डमा पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’ यस विषयमा जानकारी लिन विमानस्थल प्रहरी प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

Loading...
प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १२:३१