कंगारू होटलमा युवती पनि संगै थियो ? होटलका छिमेकीले खोल्यो यस्तो कुरा (हेर्नुस भिडियो)

न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको थियो ।

सोही घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलगायत तिन जनालाई थुनामा राखिएको छ । यसै बिषयमा देशै भरि सामाजिक संजाल संगै आन्दोलन पनि भैरहेकोछ ।

चितवनको कंगारू होटल अहिले प्रहरीको निगरानिमा रहेको छ । उक्त होटलमा पत्रकारहरु जादा होटलका कर्मचारी र होटल का छिमेकीहरुले प्रहरी लगाई लखेटेको छ । बाकी तलको भिडियोमा हेर्नु होला ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०५:१८