प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउँछौँ : मन्त्री मगर

काठमाडौँ, ३ भदौ । खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ ।

देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उहाँले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताउनुभएको हो ।

“संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उहाँले भन्नुभयो । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो ।

मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तरहीन पानी आउने गरेको बताउँदै उहाँले गुणस्तरहीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गर्नुभयो ।

खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताउनुभयो । यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उहाँको भनाइ थियो ।

रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुरलाई मन्त्री मगरले वितरण गर्नुभएको हो । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो । –रासस[]दैनिक नेपाल बाट

यो पनि पढ्नुहोस:

काठमाडौं प्रहरी प्रमुखलाई फेसबुकमा गा*ली गर्ने रबि समर्थक प*क्राउ

१ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीवि*रुद्ध गाली*गलौज गरेको आरोपमा एक जना प*क्राउ परेका छन् ।

प*क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट प*क्राउ गरेर काठमाडौं ल्याइएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई प*क्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प*क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प*क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’

अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछानेलाई दाइलाई फ*साउने यो नै हो भ्र*ष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पत्रकार शालिग्राम पुडासैनी आ*त्मह*त्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प*क्राउ गरेको थियो ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १७:४२