नेपाली सेनामा २ सय ५० जनालाई जागिर खुल्यो

काठमाडौँ, ४ भदौ । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेशी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो।

विभागले खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबस शारीरिक अशक्त भएका र कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका नेपाली सैनिकको सन्ततीतर्फ २२, महिलातर्फ २२, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ ३१, दलिततर्फ १७, पिछडिएको क्षेत्रतर्फ ६ जना गरी २ सय ५० जना लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ (आज) देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्। नेपाली सेनाको आधिकारिक वेबसाइट https://www.nepalarmy.mil.np मा अनलाइन दरखास्त फारम भरी त्यससको प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिन्छ।

आवेदकको शैक्षिक योग्यता र उमेर दुई प्रकारको छ ।

प्रमाणपत्र तह वा सोसरह योग्यता भएमा २१ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै स्नातक तह उत्तिर्ण भएमा २४ वर्ष पार नगरेको हुनुपर्ने छ।

विदेशबाट एसएलसी वा प्रमाणपत्र तह अनिवार्य गणित विषय लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, पुरूषको न्यूनतम उचाइ ५ फिट ३ इन्च, महिलाको ५ फिट हुनुपर्ने छ। पुरुषको छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ। त्यसैगरी पुरुष न्यूनतम ५० र महिला ४० केजी तौलको हुनुपर्ने सूचनामा उल्लेख छ। आजको दैनिक नेपालमा खबर छ

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १२:४५