नापी सर्वेक्षक घुससहित पक्राउ

धनुषा, ५ भदाै । जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वरको खैराचोकबाट पक्राउ गरेको हो ।

सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भन्दै विभिन्न बहाना बनाएर मुद्दा मिलाइदिन्छु भनी एक सेवाग्राहीबाट घुस लिँदै गर्दा आयोगको टोलीले पक्राउ गरेकाे थियाे ।

यादवले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।[] आजको दैनिक नेपाल मा खबर छ

 यो पनि पढ्नुहोस; रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भर महत्वका रुपमा लिइन्छ । यहाँ हामीले भगवान गौतम बुद्धका केही जीवन उपयोगी भनाईहरु प्रस्तुत गरेका छौं। जुन तपाईंको जीवनका लागि पनि महत्वपुर्ण बन्न सक्छ । पढ्नुस् र मनन गर्नुस्।

– वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै खुसी रहने उत्तम बाटो हो ।
– शंकाको बानी भयंकर डरलाग्दो हुन्छ जसले मानिसलाई अलग गर्छ र मित्रता तोड्छ ।
– तिमी आफूमाथि विजय प्राप्त गर त्यो हजारौं लडाइँ जित्नु भन्दा राम्रो हो ।
– सूर्य, चन्द्रमा र सत्य कहिल्यै लुक्न सक्दैन ।
– लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नुस् लक्ष्यमा अवश्य पुग्नुहुन्छ ।
– जुन शब्दले शान्ति ल्याउँछ त्यो शब्द लाखौं शब्द भन्दा राम्रो हुन्छ ।
– रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो ।
– कुनै एक बलिरहेको दियोबाट हजारौं बत्ति बाल्न सकिन्छ, तरपनि त्यो दियोको प्रकाश कम हुँदैन । यसै गरी खुसि र शिक्षा बाँड्नाले बढ्छ, कहिल्यै कम हुँदैन ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०५:२८