पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बोलिन् रेनु दाहाल (विज्ञप्तिसहित)

काठमाडौं–नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।[]

भ्रामक कन्टेन्ट राख्ने ‘वेवसाइट’ र भिड उत्तेजित बनाउने ‘युट्युबर’ लाई घरघर गएर भएपनि समात्छौ

काठमान्डौ , नेपाल प्रहरीको सा८इबर अ८पराध ब्युरो ९सीसीबी० ले सामाजिक सञ्जालमा भ्रा८मक विषय लेख्नेवि८रुद्ध नि८गरानी बढाएको जनाएको छ । ब्युरोका प्रमुख विकास श्रेष्ठले भ्रा८मक कन्टेन्ट राख्ने वे८वसाइट र युट्युब च्यानललाई नि८गरानीमा राखिएको स्पष्ट पारेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि लामिछाने प्रकरणमा अ८फवाह फैलाउने किसिमले सामग्री राख्ने अनलाइन र युट्युब च्यानलको सूची तयार पारिएको जनाएको छ ।‘पत्रकारको हकमा पनि प्रेस काउन्सिलले हेर्ने भन्ने प्रावधान छ ।

हामीले काउन्सिलसँग पनि यस विषयमा छलफल गरेका छौं’, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० श्रेष्ठले भने, ‘यसअघि केही व्यक्तिवि८रुद्ध का८रवाही पनि भएको छ ।’चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भीड उत्तेजित बनाउनेलाई घर घर गएर भएपनि समात्ने बताएका छन् । ‘हामीले घर, ठेगानासमेत पत्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ’, चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, ‘कतिपयले अहिले सागाम्री डि८लिट पनि गरेका छन् । तर, हाम्रो नि८गरानीमा रहेका व्यक्ति भागेको भए पनि मु८द्दा दर्ता हुन्छ ।’

प्रहरीको महागनरीय अ८पराध अ८नुसन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गा८ली गरेको आ८रोपमा बाराबाट सागर मैनालीलाई पक्राउ गरेको थियो । उनीवि८रुद्ध विद्युतीय का८रोबार ऐन अन्तरगतको क८सूरमा का८रवाही गर्ने तयारी महाशाखाको छ ।त्यसअघि रवि लामिछानेलाई पक्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रि८प’ लेखेको आ८रोपमा अछामको मंगलसेनबाट रिदम बीसी पक्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई मा८फी मागेर अबदेखि त्यस्तो ह८र्कत नगर्ने कागज गरेर छु८टेका छन् ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ११:३५