प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिकासहित स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनीसँगै उनकी पत्नी राधिका शाक्य पनि दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएकी छिन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहले पहिलोपटक आधिकारिक जानकारी दिदै मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जनाएकी हुन् ।

प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी ‘एण्टीबडी’को मात्रा केही बढी देखिएको र ‘एण्टीबडी’लाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको उनले बताएकी छिन् । यसघि सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएका उनले यसपटक पनि सोही अस्पतालमा नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले उपचार गर्ने सिंहले बताएकी छन् ।

ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । तर, स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर गएका हुन् ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ११:५२