२ वर्षभित्र देशभर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको घोसणा

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७९ सालसम्ममा देशैभर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याउने दाबी गर्नुभएको छ ।

गएको आर्थिक वर्षमा मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइनबाट विद्युत आपूर्ति हुन थालेको र चालू आर्थिक वर्षमा रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइने लक्ष्य रहेको उहाँको भनाइ छ ।

अबको २ वर्षभित्र मुगु, डोल्पा र हुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोड्ने लक्ष रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै उहाँले प्राधिकरणका संरचनाको स्तरोन्नति गर्ने काम भइरहकाले लोडसेडिङमुक्त घोषणा गरिए पनि विविध प्राविधिक कारणले कहिलेकाँही बत्ती जाने गरेको बताउनुभयो ।

केही वर्षअघिसम्म घाटामा गएको प्राधिकरणले गएका तीन आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । अहिले विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै ऊर्जा मन्त्री वर्षमान पुनले उत्पादन क्षमताको वृद्धिसँगै यसको व्यवस्थापनका लागि आउँदा दिनमा सटिक योजना, योजना कार्यान्वयन र विद्युतीय प्रणाली संचालनका मोडल निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी, विद्युत उत्पादन र प्रसारण क्षमतामा आएको सुधारले उत्पादन, प्रसारण र अन्तरदेशीय प्रसारणको व्यवस्थापनको चुनौती थपिएको ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले बताउनुभएको छ । विद्युत क्षेत्रको सुधारको लागि नयाँ विद्युत ऐन आउने पक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो । ऐनले विद्युत क्षेत्रको संस्थागत एवम् संरचनागत परिवर्तनको नयाँ बाटो खोल्ने उहाँको विश्वास छ ।[]

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Loading...
प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ०५:१४