पतिको हत्या गर्न पाँच खेताला

बर्दिबास, ७ भदाै । महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो ।

घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर हत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद लिइसकेको पाइएको उनले बताए ।

प्रहरीले चार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । एक जना फरार छन् । सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट गढीमाई नगरपालिका–६ बखरीटोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टीआई सहनीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी बर्दिबासका डीएसपी निशान थापाले बताए । प्रहरीले घटना अनुसन्धानका क्रममा ६० जानसँग सोधपुछ गरेको थियो ।

सरोजका काका टंकविक्रमले पत्नी पूजा, सासू लक्ष्मी बस्नेत, साली र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पूजा, लक्ष्मीलगायत फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी बर्दिबाससहितको प्रहरी टोलीले एक महिना लगाएर घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।

सरोजले धनुषाको बाहुनमाराकी पूजासँग डेढ दशकअघि बिहे गरेका थिए । उनीहरूका छोरा र छोरी छन् । यहीबीच सरोज मलेसियामा चार वर्ष बसेका थिए । प्रहरी अनुसन्धानका अनुसार पत्नीसँग उनको बेलाबेला विवाद हुन्थ्यो । पछिल्लो समय घर बनाउन २२ लाखमा जग्गा बिक्री गरेपछि विवाद चर्किएको थियो । जग्गाको रकम हात पार्न पूजाले एक महिनाअघि पतिको हत्या योजना बनाएको खुलेको छ ।[]**दैनिक नेपालमा खबर छ

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १२:१७