सङ्घीयताको प्रतिफल आ*उने समय भए*को छैन : रवीन्द्र मिश्र

तुलसीपुर, ७ भदौ । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सङ्घीयताको प्रतिफल आउने समय नभएको बताउनुभएको छ । आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने उहाँको भनाइ थियो ।

“मुलुकमा सङ्घीयता लागू भएको भर्खर चार वर्ष हुँदैछ, यति छोटो समयमा ठूलो प्रतिफल आश गर्न सकिदैन्”, उहाँले भन्नुभयो, “यसको प्रतिफल आउन केही समय लाग्छ ।”

संविधानले निर्दिष्ट गरेको बाटोले देशले फड्को मार्ने भएकाले संविधानले देखाएको बाटोमा लाग्नेसमेत उहाँको भनाइ थियो । उहाँले नेत्रबिक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनुपर्नेसमेत उहाँको भनाइ थियो ।

अहिले चन्द समूहले संविधान उल्लङ्घन गर्नेगरी गतिविधि अगाडि बढाइरहेकाले यसरी मुलुक रुपान्तरण हुन नसक्ने समेत उहाँको भनाइ थियो । साथै मिश्रले आफ्नो पार्टीले उपनिर्वाचनमा सहभागिता जनाउने बताउनुभयो । –रासस[]

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार २२:१५