शालिकरामकाे नयाँ काण्ड बाहिरियाे, युवती भेट्न छुट्टै काेठा

काठमाडौं, ८ भदाैं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।

‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।

पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो।

पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन्। पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए।

‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्। दैनिक नेपाल बाट **

यो पनि पढ्नुहोस

रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन…..

चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवन पुगेका कलाकारहरुको टोलीलाई प्रहरीले गेटमा रोकेपछि केहीवेर तनाव सिर्जना भएको छ ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) निर्मल शर्मा (गैडा) लगायतका कलाकार पुगेका थिए ।

भित्र प्रवेश गर्न खोजेका कलाकारहरुलाई केही बेर प्रहरीले रोकेपछि त्यहाँ जम्मा भएका रवि समर्थकले सेलिब्रेटीलाई प्रहरी कार्यालयको भित्र वेटिङ स्थानसम्म लगेर राख्नु पर्ने बताएका थिए ।

कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाले भने कुर्न आफूहरु तयार रहेको बताएका थिए । केहीबेरको होहल्लापछि प्रहरीले कलाकारहरुलाई भित्र प्रवेश गर्न दिएको थियो ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १४:२९