फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने नेविसंघ कार्यकर्ता प*क्राउ

धनगढी, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् गाली गरेको आरोपमा नेविसंघ आवद्ध विद्यार्थी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीले २६ वर्षीय हृदय उपाध्यायलाई आइतबार लम्कीबाटै पक्राउ गरेको हो ।

अपराध महाशाखा टेकुले साईबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उपाध्यायलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अपराध महाशाखाले दिएको निर्देशन बमोजिम नियन्त्रणमा लिइएको र प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने प्रहरीले बताएको छ ।

उनले केही दिनअघि ‘केपी ओलीको मिर्गाैलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’ शीर्षकमा प्रकाशित एक अनलाइनको समाचार सेयर गरेका थिए ।[]दैनिक नेपालमा खबर छ

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार २०:४०