रवि लामिछाने हिरासत*बाट छुटे.,अब  विदेश जान नपाउने.,अरु पनि लाग्यो यस्तो प्रतिबन्ध !

चितवन, ९ भदौ : शालिकराम पुडासैनीको आ त्म ह त्या दरु त्साहनको मु द्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्नेछ । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो ।

अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रि हा गरेको छ । पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा पुडासैनी पक्षधबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले उक्त प्रकरणमा आजदेखि हत्या कि आ त्मह त्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् । उनले जिल्ला अदालत चितवनले पनि औपचारिक रुपमा आ त्म ह त्या नै मानिसकेको जनाएका छन् । बहसलगत्तै आफ्नो फेशबुकमा स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन् ।

उनले अघि भनेका छन्,‘आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब ह त्या होइन आ त्मह त्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि अदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन ।’माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ त्म ह त्या प्रकरणमा प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

सोमबारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख तथा सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई बिना धरौटी साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । तर, आदेशमा रविलाई पुडासैनी आ त्म ह त्या प्र करणबारे उनले चलाउने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा बोल्न नपाउने उल्लेख छ । यस्तै रविले मु द्दाको छिनोफानो नभएसम्म विदेश जान पाउने छैनन् । तर, अदालतको अनुमतिमा भने जान सक्नेछन् ।

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार १६:०९