रवि लामिछाने अस्पताल*मा प्रदर्शनका क्रममा घाइते भएका*हरुलाई भेट्न…

चितवन, १० भदाै : आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्।

भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेल पनि अस्पताल पुगेका थिए।

रवि लामिछाने निर्दाेष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही समर्थक घाइते भएका थिए। उनीहरुको अहिले उपचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन्।

यो पनि पढ्नुस : अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार ११:०७