आज शनिको जन्मदिन, वर्षभरि सफलता पाउनको लागि गर्नुपर्ने कामहरु जानिराखौ

२०७७ साल जेठ ९ गते शनि जयन्ती परेको छ । शनिको जन्मदिनमा तल दिइएका कामहरु गर्दा तपाईको दुख हटेर जानेछ ।

शनिलाई हामी न्यायधिसको रुपमा चिन्छौं । शनिले कर्म अनुशारको फल दिने गर्छन् उनले काम अनुशारको दण्ड दिन्छन् । त्यसैले पनि उनलाई क्रुर ग्रहको रुपमा चिनिन्छ ।

अत : शनिको नकरात्मक प्रभाव र दण्डबाट बच्न भोली निम्न कार्यहरु गर्नुहोस ।

तपाईको जन्मकुण्डलीमा शनि ग्रह नकरात्मक किसिमले बसेको भए तपाईलाई नकरात्मक प्रभाव हुन्छ ।

तपाईको गौचरकाे ३, ६ र ११ मा शनि बसेको छ भने तपाईलाई आल्स्यता बनाउँछ ।

कहिले निन्द्रा लाग्दैन, कहिले बिहानभरि सुत्न मन लाग्छ । मानसिक चिन्ता बढाउन सक्छ । मानसम्मान घट्छ । तपाईको प्रतिष्ठा घट्न सक्छ ।

शनिलाई सहि ठाँउमा राख्न उस्को प्राथना गर्नुपर्छ । यो ग्रहले सबैलाई प्रभाव पारेको हुन्छ । शनि ग्रह गौचर घुमेर आएर सबैलाई उथलपुथल पार्न सक्छन् । त्यसैले भोली तल दिइएका काम गर्नुहोस । जीवनभर सफलता प्राप्त गर्नुसक्नु हुनेछ ।

१) सुर्योदय भन्दा २ घण्टा बीचको समयमा उठ्नुहोस

२) नुहाएर सफा लुगा लगाउँनुहोस

३) घरमा पुजा गर्ने कि पिपलमा पुजा गर्ने एउटा निर्णय गर्नुहोस

४) एउटा टपरीमा चामल सुपारी वा नरिवल राखेर शनि देउतालाई आह्रवान गरेर पुजा गर्नुस

५) शनिले तोरीको तेललाई राम्रो मान्ने हुनाले तोरीको तेलले पुजा गर्नुहोस

६) गरिब दुखीलाई दान गर्नुहोस

७) काग तथा कुकुरलाई रोटी दिनुहोस

८) गाईलाई रोटी खुवाउनुहोस तथा कालो दाल तथा तिल दान गर्नुहोस

९) भोली घरमा फलाम तथा गाडीहरु नभित्र्याउँनुहोस ।

भोली माथि उल्लेखित काम गर्नु भयो भने वर्षभरि शुभ हुनेछ ।

वृष राशिलाई साउन २१ गते देखि मंसिर १ गतेसम्म शनि ग्रहको प्रभाव छ । त्यस्तै धनु राशिलाई वर्षैभरि शनिको प्रभाव रहेको छ । मिथुन राशीलाई पनि साउन २१ गते देखि मंसिर १ गतेसम्म शनि ग्रहको प्रभाव छ । मकर राशि र कुम्भ राशिलाई पनि प्रभाव रहेको छ । त्यसैले यो शनि ग्रहले हामी सबैलाई असर गर्छ । त्यसैले हामीले उनको आराधना गरि उनलाई खुशी पारौं र सफलता हात पार्न सफल हौं ।

यो सामाग्री ज्यो ठाकुर देवकोटा युट्युव च्यानलबाट लिएकाे हाे । ज्योतिषी परामर्शको लागि 9847844095 र 9809560557 मा सम्पर्क गर्नुहोला

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार २२:०४