भारतमा अलपत्र परेका नेपाली गाउँमा पुगेपछि खुसी

बझाङ । भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलाराबासीलाई उद्धार गरेर ल्याउनुपर्ने दवाब सिर्जना भएसँगै गाउँपालिकाको टोलीले बिभिन्न निकायहरुसँग समन्वय गरेर गाउँ ल्याएको हो ।

भारतको दिल्लीबाट चैत्र ११ गते घर फर्किदै गर्दा उनीहरुलाई भारत सरकारले बीच बाटोमै रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो । अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फी आलोचना भएपछि थलारा गाउँपालिकाको पहलमा भारतको गौरीफन्टा नाकाबाट ५३ दिनपछि उद्धार गरेर ल्याएको हो ।

गाउँ पुगेपछि उहाँहरुले निकै खुशी हुँदै आफुहरुमा कोरोनाको संक्रमण नभएकोमा ढुक्क भएकोसमेत भएको बताएका छन् । बिगत १० बर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, ‘५० दिनसम्म निकै कष्टकर समय बितायौं । गाउँ पुगेपछि खुसी छु ।’

कोरोना संक्रमणका कारण भारत सरकारले समेत लकडाउन गरेपछि स्वदेश फर्किन हिँडेको र भारत सरकारले बरेलीमै रोकेर फेरि ६५ किलोमिटर टाढा फर्काएर रामपुरमा लगेर राखेको थियो । उनले गाउँ पुगेपछि निकै खुशी भएको बताउँदै गाउँपालिका र नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन् ।

गाउँपालिका अध्यक्ष भुबनेश्वर उपाध्यायले आफुहरुले निरन्तर पाँच दिनसम्म भारतीय दुतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरेर भारतबाट उद्दार गरी गाउँसम्म पुर्याएको बताए । उनले उद्दार गरेर ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाइने बताए ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार २२:१२