का`ठमाडौंको सात तले गेष्टहाउसमा पु´रिएको ८२ घण्टामा उ´द्धार भएका युवाको बे´था : पहिला बाँ`चेको खुसी, अहिले पी`डैपी´डा

सन्धिखर्क : गाउँको भीरालो जग्गा, पाखो बारी बाटोघाटो पनि उस्तै त्यही भिरालो जग्गामा सानो घर। दुई बैसाखी टेकेर त्यही सानो घरको भित्र र बाहिर गरिरहन्छन् ऋषि खनाल। २०७२ वैशाख १२ गतेसम्म ठमठमी हिँड्ने ऋषिको त्यसपछिको सहारा बैसाखी बनेको छ।

८२ घण्टापछि जी,वितै भेटिएका ऋषि भूकम्प शब्द सुन्दा पनि आज ड र लाग्ने बताउँछन्। भूकम्प भन्ने बित्तिकै उनी च्या,पिएका र ढलिरहेका र ज्या,न गुमाएका मानिस मात्र सम्झिन्छन्।

काठमाडौं गंगबुको सात तले गेष्ट हाउसको पहिलो र दोस्रो तला भत्किएका थियो। तर, माथिल्लो चार तला कायमै थियो। त्यही भ,त्किएको तलामा झण्डै ८२ घन्टासम्म रहेका ऋषीको उ,द्धार भएको थियो।

सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि उनको उद्धार भएको थियो। छोपिएको ठाउँबाट खनालले सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।

भूकम्पमा पु,रिएर उद्धारपछि शारीरिक अ,सक्त बनेका ऋषि अहिले दैनीक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन्।

विदेश गएर पैसा कमाउने र परिवारलाई खुसी बनाउने सपना बोकेर साविक ढाकाबांग गाविस ६ (भूमिकास्थान गगरपालिका-१) साम्नेगाउँका ३१ वर्षीय ऋषि काठमाडौंमा फसेका थिए। अर्घाखाँची काठमाडौं गएका ऋषिले वैशाख १४ गतेका लागि यूएईको टिकट लिएका थिए तर उनी १२ गते नै भूकम्पमा फसे।

उनको देब्रे खुट्टा काटिएको छ। ऋषिको घरमा बुबा आमा, श्रीमती र एक छोरा छन्। भूकम्पमा परेर बाँचेको भन्दा पनि आफ्नो परिवारलाई कसरी पाल्ने र ६ बर्षको छोरा कसरी पढाउने भन्ने चिन्ता उनलाई छ।

‘छोरो कसरी पढाउने भन्ने चिन्ता छ’, उनी भन्छन्, ‘गाउँकै बोर्डिङ स्कुलमा भर्ना गरेको थिएँ। फि तिर्न नसकेपछि सामुदायिक विद्यालयमा भर्ना गरेको छु।’
छोरालाई बोर्डिङबाट निकालेर गतबर्ष कक्षा १ मा भर्ना गरिदिएको ऋषिकी श्रीमती कविता खनालले बताइन्।

‘त्यो समयमा बाच्नु ठूलो कुरा भयो’, ऋषि भन्छन्, ‘खुट्टा काटिएको छ, हेर्नुहोस. श्रीमती र छोरालाई कसरी पाल्न सक्छु ?’ उनीसँग थप उपचार गर्ने पैसा छैन। ‘उपचार खर्च सरकारले गर्छ तर काठमाडौं जाँदा आउँदाको खर्च पनि मसँग छैन’, उनी भन्छन्।

उनले आफूले केही सीप सिकेर जीवीकोपार्जन गर्न चाहेको भए पनि त्यो गाउँमा सम्भव नभएको गुनासो गरे। ‘यत्तिबेला श्रीमती र छोराको भविष्य सोचेर चिन्तित छु’, उनी भन्छन्, ‘मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्न सक्छु।’

आफ्नै बारेमा धेरैले चलचित्र, डकुमेन्ट्री र वृत्तचित्र बनाएर पैसा कमाएको तर आफूले केही नपाएको गुनासो उनको छ। ‘म र मजस्तै पीडामा रहेका धेरैको विषयमा चलचित्र र वृत्तचित्र बनाएर पैसा कमाउनेले काठमाडौंमै घर र गाडी जोडे तर हामीलाई कसैले हेरेनन्’, उनले भने।

अन्नपूर्ण पोस्टबाट

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार २२:२६