लभ डायरिज’की अभिनेत्री रुबिनाको १० तस्बिर हेर्नुहोस

रुबिना थापा फिल्म ‘लभ डायरिज’की अभिनेत्री हुन् । उनी भक्तपुर बालकोटकी स्थायी बासिन्दा हुन् । फागुन ३ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो उनको डेब्यु फिल्म हो । यस फिल्ममा उनले अभिनेता सुशील श्रेष्ठसँग रोमान्स गरेकी छन् । थापा मोडलिङ हुँदै फिल्म अभिनय भित्रिएकी हुन् । सन् २०१५ बाट मोडलिङमा रहेकी थापासँग थुप्रै र्‍याम शाोको अनुभव पनि छ । विभिन्न ब्रान्डको ब्रान्ड एम्बेस्डर र पोस्टर विज्ञापनमा समेत आफूलाई अग्रसर गराउँदै आएकी थापा एक कन्सल्टेन्सिमा करियर काउन्सिलरका रूपमा पनि कार्यरत छिन् ।

उनी मोडलिङ र विज्ञापनमा छाइरहन्थिन् । सोही क्रममा खिचिएको उनको तस्बिर निर्देशक सौरव चौधरीले देखेपछि फिल्म ‘लभ डायरिज’ अफर गरे । फिल्मको कथा राम्रो लागेकाले अभिनेत्री थापाले स्वीकार गरिन् । त्यसअघि अभिनेत्री थापालाई फिल्म अभिनय कहिल्यै नसोचेको विषय थियो । एकाएक फिल्म अभिनय अफर भयो । उनले स्वीकार गरिन् । ‘यो, व्यक्ति एक्सपोज हुने एउटा राम्रो प्लेटर्फम वा अवसर रहेछ । यो माध्यमबाट धेरैको आवाज बन्न सकिने रहेछ । धेरैको प्रतिनिधित्व गर्न सकिने रहेछ,’ अभिनेत्री थापाले भनिन् ।

फेसनतिर पनि उनको धेरै रुचि छ । उनी फेसनको फलो पनि गर्छिन् । अभिनेत्री थापाले भनिन्, ‘कुन फेसन चलेका छन् । कुन बजारमा पुरानो भयो । कुन नयाँ भित्रिँदैछ । सबैको जानकारी राख्ने गरेकी छु । मलाई महँगो, सस्तो पहिरनमा केही मतलब छैन । आफूलाई कम्फर्ट हुने पहिरन लगाउँछु । मैले जे लगाए पनि राम्री देखिन्छु ।’ फुर्सदको समयमा उनी विभिन्न लेखकका किताबहरु पढ्छिन् । कोरियन ड्रामाहरु हेर्छिन् । उनको मनपर्ने खाना भेजिटेरियन आइटम हो । त्यसैले उनलाई हेल्दी खानेकुरा धेरै मनपर्छ ।

अभिनेत्री थापाले भनिन्, ‘म जली खालकी केटी हुँ । जली भन्नाले एकदमै हाँसिरहनुपर्ने, खेलिहरनुपर्ने बुझ्नुस् न । उमेरभन्दा बढी म्याचर्ड पनि छु जस्तो लाग्छ । किनभने धेरैले यसै भन्छन् ।’ उनलाई के बोलेको छु, के बोल्दै छु भन्ने राम्रोसँग हेक्का राख्ने, अलिकति स्मार्ट, इन्टेलेक्च्युअल केटा मनपर्छ । केही वर्षदेखि प्रेममा छु, योभन्दा अगाडि अहिले नभनौँ ।’ उनलाई रोजेको व्यक्तिसँग डेटको अफर दियो भने दिपिका पादुकोणलाई सरी भनेर रणवीर कपुरसँग डेट जाने इच्छा छ । ‘रणवीरको पर्सनालिटी धेरै मनपर्छ । उनको एनर्जी भरिएको हाउभाउमा म घायल छु,’ अभिनेत्री थापाले भनिन् ।सत्यपाटी

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार २३:३२