छाेरीकाे माया जीवनकाे साया हाे, जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे !

गाउँमा एकजना भलाद्मी मानिसकाे मृ’त्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला’सको पाउ समात्दै भन्न लाग्छ “म’र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला’सकाे दा’हसं’स्कार गर्न लैजानुहाेस् ।”

अब तमाम म’लामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म’र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिदैनाैँ। छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू । ला’सलाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला’सकाे पाउ समातेर बसिरहेकाे हुन्छ । याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन्।

म’र्ने मानिसकी एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला’सकाे गाेडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिदै भन्छिन – “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ती गर्दछु बाबाकाे अ’न्तिम दा’हसं’स्कार नराेक्नुहाेस् । नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु ।

अब ला’स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नुपर्याे । अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो। लाै राख याे १५ लाख रूपैयाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ। यसमा हक तिम्रो मात्र छ ।” यस घटनाबाट भन्न सकिन्छ ”छाेरीकाे माया जीवनकाे साया हाे, जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार २२:२३