भारी बोक्दै जीवन गुजारे, सडकमै अन्तिम सास फेरे

कीर्तिपुर-१० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटी। आइतबार दिउँसो उक्त सडक पेटीमा एक जना वृद्ध बेवारिसे पल्टिएका थिए। झुत्रा लुगा लगाएका उनी जेठको उखरमाउलो गर्मीमा कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्। उनको सोधीखोजी गर्ने मानिस पनि कोही थिएन।पछि स्थानीय युवाहरूले उनलाई देखे। नजिकै गए। त्यतिन्जेल ती वृद्धको शरीर चिसो भइसकेको थियो।

ती युवाहरूले प्रहरीलाई खबर गरे।

प्रहरीले मुचुल्का उठायो। सडकमै मृत्यु वरण गरेका ती वृद्ध धादिङका सूर्यबहादुर तामाङ भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलालत कमातीले जानकारी दिए। उनी कति वर्षका थिए भन्ने खुलेको छैन।

तामाङले कोठा लिएका थिएनन्, पाटीमै सुतेर रात काट्थे। सडकमा मृत भेटिएका तामाङले हातमा भारी बोक्ने नाम्लो समातेका थिए।स्थानीय वीरेन्द्र शाक्यका अनुसार सूर्यबहादुर वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्थे। दुई महिनाअघि लकडाउन भएपछि उनले काम पाएनन्।

‘शुक्रबारसम्म उनी विभिन्न संस्थाहरूले बाँडेको खाना खान्थे। आज बिहानसम्म पनि उनलाई ठिकै थियो,’ शाक्यले भने,‘दिउँसो अचानक के भयो उनको त मृत्यु भएछ। सायद दिन पुग्यो होला।’

प्रहरीका अनुसार सूर्यबहादुरका कोही आफन्त छैनन्। प्रहरी नै उनको पोष्टमर्टम गर्न उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ।setopati बाट

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १८:४६