अन्तरजातीय प्रेमका कारण युवाले ज्यान गुमाए : वडाध्यक्षसहित पाँचजना पक्राउ

अन्तरजातीय प्रेमका कारण युवाले ज्यान गुमाए : वडाध्यक्षसहित पाँचजना पक्राउ

जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको ह/त्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको ह/त्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घ’टनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आ’क्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृ’त्यु भएको र अन्य ६ जना बे’पत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जब’रजस्ती लान खोज्दा वि’वाद भएको दावी

सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आ’क्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडितपक्षले भने ह/त्या गरेर भेरीमा फा/लिदिएको दावी गरेका छन् ।

प्रहरी निरीक्षक विष्टले घटनापछि जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेप’त्ता भएको बताए ।

नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आ’क्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जब’रजस्ती लान खोज्दा वि’वाद भएको दावी गरेका छन् । घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भी’र घा’इते भएको प्रहरीले जनाएको छ ।

मृ’तक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घ’टनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

घट’नापछि बे’पत्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृत’कको सवको पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । यो खबर राजेन्द्र कार्कीले अन्नपुर्ण पोष्टमा लेखेका छन र

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १८:४९