भारतबाट तरकारी आयात रोकियो, नेपाली किसानले उत्पादन गरेको सागसब्जी प्रशस्तै

भारतबाट तरकारी आयात रोकियो, नेपाली किसानले उत्पादन गरेको सागसब्जी प्रशस्तै
विराटनगर। स्थानीय उत्पादनले नै बजार धानेपछि विराटनगर महानगरपालिकामा भारतबाट तरकारी आयात रोकिएको छ । लकडाउन र सीमा सिलपछि भारतबाट हरियो तरकारी आयात बन्द गरिएको हो । धेरै दिनसम्मको यात्रामा बाटामै तरकारी कुहिने, घट्दो माग र नेपाली उपभोक्ताले स्थानीय उत्पादन खोज्ने हुनाले भारतबाट हरियो तरकारी मगाउनै छाडेको व्यापारीहरु बताउँछन्।

भारतबाट आयात नगर्दा पनि नेपाली बजारमा हरियो तरकारीको अभाव भएको छैन । लकडाउनका कारण प्रदेश १ का विभिन्न जिल्लाबाट बजारसम्म ल्याउन नपाएर आधा खेतबारीमा कुहिँदासमेत ७६.९९ वर्ग किमि क्षेत्रफल भएको महानगरका २ लाख ४६ हजार जनतालाई मजाले तरकारी खान पुगिरहेको छ।

‘लकडाउनपछि भारतबाट तरकारी नआउँदा खान नपाइएला भन्ने लागेको थियो तर अहिले नेपाली किसानले उत्पादन गरेको सागसब्जी छानीछानी किन्न पाइरहेका छौं,’ विराटनगर–७ की गृहिणी कमला क्षेत्रीले भनिन्, ‘भारतको भन्दा नेपाली खेतबारीका तरकारी सस्तो पनि छ।’

विराटनगरको जनपथटोलस्थित नयाँ गुद्री बजारका वरिष्ठ सल्लाहकार एवं थोक व्यवसायी पशुपति भगतले अहिले स्थानीय उपभोक्ताको मागलाई स्वदेशी तरकारीले धानिरहेको बताए । ‘स्वदेशी उत्पादनले नै पुगिरहेको हुनाले लकडाउनयता भारतबाट हरियो तरकारी मगाउनुपरेको छैन,’ उनले भने, ‘आलु, लसुन र प्याज पनि पहिलेको तुलनामा ६० प्रतिशत मात्र भारतबाट आयात गरिरहेका छौं ।’ लकडाउनअघि भारतबाट दैनिक गोलभेडा, परबल र करेलालगायत ५० टन तरकारी आउने गरे पनि अहिले ल्याउनु नपरेको भगतले बताए। कान्तिपुर

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १९:०६