१९ जना लिएर प्रेमिका भगाउन गएका युवकको गाउँलेको कुटाइबाट मृत्यु, ६ वेपत्ता

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कु’टाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ’त्यु भएको छ। गएराति नवराजसँग गएका ६ युवा अझै बेप’त्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

१२ जना युवालाई चौरजहारीस्थित प्रहरीले प’क्राउ गरेको छ। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो। सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन्। त्यसपछि भेला भएका गाउँलेहरुको कु’टपिटबाट नवराजको मृ’त्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ।

जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार

गाउँहरुले लखेट्दा अन्य छ युवा वे’पत्ता रहेको उनको भनाइ छ। सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो। जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ। (रासस)

तस्बिर स्रोत- क्यानडानेपाल

प्रकाशित मिति : May 24, 2020

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १९:१०