क्षमाप्रार्थी छु, अब बोल्दा हेक्का राख्छु, नेपाल मेरी जननी जन्मभूमि हुन् : नायिका वर्षा

काठमाडौं, ११ जेठ : नायिका वर्षा राउतको अभिव्यक्तिले सामाजिक संजाल तातिरहदाँ सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् ।

नायिका वर्षाले लेखेकी छिन्- ‘कलाकार हुँ, त्यसमाथि भावूक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्र्तवार्तामा लिएर जुन हो–हल्लागरियो । यसले मलाई भावानात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रशारण भैरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुँके होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मन भित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकती पनि चुकेकी छैन । अलिकती पनि तल–माथि परेकी छैन ।’

आफू नेपाली भएकोमा गर्व गर्दै लेखेकी छिन्- ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्शा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।’

उनले, यस्तो समयमा केही भड्काउ व्यक्तिहरुले आक्रामण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छिन् । वर्षाले भनेकी छिन्–‘दुई देशको अन्तरदेशीय सम्बन्ध विगार्न भड्काउ तत्वहरु लागेका छन् । जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरुबाट पनि देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

आफूले बोलो केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै लेखेकी छिन्–‘मैले बोलको शब्दहरुको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिती खडा भएकोमा म क्षमाप्रार्थी छु । अब, आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि’


नायिका राउतले एक युटुबमा दिएको अन्र्तवार्तामा-‘दुई देशको मिडियाले झगडाको माहोला बनाउँदा भारतीय साथीसँग आफूलाई बोल्न पनि अप्ठ्यारो भएको बताएकी थिइन् ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार २२:१४