चर्चित ‘रेस्लर’ हाना किमुराको नि’धन

काठमाडौं– चर्चित जापानी ‘रेस्लर’ हाना किमुराको नि’धन भएको छ । २२ वर्षीया किमुराको नि’धनको कारण अझै स्पष्ट हुन नसकेको समाचारमा जनाइएको छ । किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी छन् । नि’धन हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्ख’लाबद्ध रुपमा आ’क्रमण भएको उल्लेख गरेकी थिइन्।

बिरालोसँगै फोटो अपलोड गरी उनले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर पोस्ट गरेकी थिइन् । उनको यस्तो स्टाटस सार्वजनिक भएपछि किमुराको अवस्थाबारे सोधखो’ज गर्न सुरु भएको थियो । शुक्रबार नै किमुराले इन्स्टाग्राममा आफू अझै मानव हुन नचाहेको र प्रशंसक धन्यवादसहित अभिवादन गरेकी थिइन् । किमुराकी आमा क्योको किमुरा पनि चर्चित कुस्ती खेलाडी थिइन् ।

यो पनि पढ्नुहोस :-गाउँलेको कुटाइबाट एकको मृ’त्यु, छ युवा बेपत्ता

राष्ट्रिय समाचार समिति

जाजरकोट, ११ जेठ : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ’त्यु भएको छ ।

नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्र’हरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्र’हरीले ‘पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृ’त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उहाँँको भनाइ छ ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्र’हरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्र’हरीको भनाइ छ ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार २२:२१