विवाहित पुरुषको प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको मार्मिक पत्र (पढ्नुहोस)

भनिन्छ, प्रेम अ’न्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छ।

मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अ’स्तित्व नै छैन । म उसको सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो ।

तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल गरिसकेका होलाऊ । सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नु लगायतका अन्य विभिन्न कुराहरु… तर केही कारणले वर्षौं अघि तिम्रो ती व्यक्तिका लागि प्रेम स’माप्त भइसकेको छ ।

तिमी सायद आफ्नो लागि सोचिएको जीवन बाँचिरहेकी छौ होला तर प्रेम नै नभएको स’म्बन्धमा के तिमी खुसी छौ ? के तिमी उसलाई प्रेम गर्छौ। के उसले प्रेम पाएको भए म भएठाउँ आउँथ्यो होला, के उसलाई मेरो आवश्यकता पर्दथ्यो। म तिमीलाई दोष दिइरहेकी छैन तर तिमीले सायद उसलाई प्रेम गर्न छोडिदिएकी छौ । तर तिमी देखाउनकै लागि एक प्रेमविहिन विवाहलाई किन निभाइरहेकी छौ।

मैले तिम्रो श्रीमानसँगको स’म्बन्ध तोडिसकेकी छु किनभने म गो’प्य स’म्बन्ध अघि बढाउँदा आजित भइसकेकी छु । ऊ आफ्नो सन्तानलाई आहत पुर्याउन चाहँदैनथ्यो र यस्तो नगरी हामी कसरी सँगै अघि बढ्न सक्छौं भन्ने प्रश्नको जवाफ खोजिरहन्थ्यौं । जो व्यक्तिलाई म माया गर्दथेँ उसले आफ्नो जीवन टुक्रामा बाँच्नुपर्छ भन्ने कुरा सोचेरै म दुःखी हुन्थेँ ।

मैले कुनै निकासा देखिरहेको थिइनँ न नै उसले । उसले कुनै पनि स्थितीमा आफ्नो बच्चा गुमाउन चाहँदैनथ्यो । उसले मसँगको बिछोड सहन सक्थ्यो, बच्चासँग सक्दैनथ्यो । तिमी उसलाई त्यो प्रेम किन दिन सक्दिनौं जुन उसलाई आवश्यक छ। ती उसलाई त्यो साथ र हेरबिचार किन दिन सकिरहेकी छैनौं जुन प्रेम गरेपछि पाइन्छ ।

म तिमीलाई ती व्यक्तिलाई छोड्न भनिरहेकी छैन । मात्र यो भन्न चाहन्छु कि तिमी उसलाई बुझ र प्रेम गर र उसलाई पनि आफैंलाई बुझ्ने र प्रेम गर्न देउ । तिमीहरुको विवाह नामको मात्र नरहोस् । मलाई केही पनि भन्ने अधिकार त छैन किनभने मलाई यो कहानीको एउटा पाटो मात्र थाहा छ । तर म जुन व्यक्तिलाई चिन्छु, उसले यदि प्रेम पाएको भए ऊ कहिले पनि म भए ठाउँ आउँदैनथ्यो ।

उसले अहिले पनि तिमीलाई नै रोज्छ किनभने उसले तिमीलाई आफ्नो जिम्मेवारी ठान्छ तर उसलाई प्रेमको कमी महसुस हुन्छ । तिमीहरुको विवाहमा प्रेम कहिले समाप्त भयो र किन ? तिम्रो श्रीमानबारे मलाई जति थाहा छ, उसले कहिले पनि धोका दिन सक्दैन । ऊ त्यस्तो प्रकृतिको व्यक्ति नै होइन ।

एक विवाहित पुरुषकी प्रेमिका भएको नाताले, जसले इमान्दारिता माग्ने कुनै अधिकार छैन, तरपछि ऊ इमान्दार थिए र मैले आशा गरेभन्दा एक कदम अघि बढेर मलाई सु’रक्षित महसुस गराउँथ्यो । तिमीले उसको इमान्दारीता कसरी गुम्न दियौ। टाईम्स अफ नेपालि डटकम बाट ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार २२:२७