आंचल भन्छिन् ,’हाम्रो जीवनको सबैभन्दा खुशीको पलमा हामीलाई बारम्बार पिडा दिईयो’ (भिडियो)

अभिनेत्री आंचल शर्माले फागुन अन्तिम महिनामा डा. उदिप श्रेष्ठ संग विवाह गरिन्। १ बर्ष भन्दा लामो समयको प्रेमलाई दुवैले विवाहमा परिणत गरेका थिए। भव्य रिस्पेसन पार्टी दिएका थिए। हेलिकप्टरको इन्ट्री, १६ लाखको लेहेंगा चर्चाले सामाजिक संजालमा राम्रो स्थान पायो। गसिप र ट्रोल बने। सेलिब्रेटीको चर्चा, गसिप र कन्ट्रोभर्सी हुनु नौलो कुरा भएन। त्यो माथी आंचल त झन् सधै गसिपमा रहने सेलिब्रेटी परिन्। दुवैको विवाहको केहि समयपछी नै कोरोनाको कारण देश लकडाउनमा गयो। अहिलेपनि देश लकडाउनमा नै रहेको छ। यो समय आंचल नयाँ परिवारसंग समय बिताइरहेकी छिन्। लकडाउनको अनुभव सुनाउदै आंचल भन्छिन्,’ मलाई लागेको थियो विवाहको केहि दिन छुट्टी मनाएर म पुन: काममा फर्कनेछु। मलाई लागेको थियो नयाँ परिवारमा नयाँ परिवेशमा पर्याप्त समय दिन नपाउल। तर त्यो समय दिन पाएको छु। पति अनि परिवारलाइ अझ नजिकबाट बुझ्ने मौका पाए।’

यो त उनको र पतिका लागी खुशीको माहोल थियो। आंचल यसलाई लभडाउनको रुपमा पनि परिभाषित गर्छिन्। तर गसिप क्विनको रुपमा चिनिएकी आंचलसंगै यो बीचमा पति उदिप पनि गसिपमा तानिए। कारण थियो उनको पुरानो प्रेम सम्बन्ध। फिलिपिनी महिलासंगको प्रेम सम्बन्ध संगै उनको तर्फबाट बच्चा रहेको खबर पनि बाहिरीयो। भलिबल खेलाडी तथा अभिनेत्री सिपोरा गुरुङ्गसंगको सम्बन्धले पनि फेरी चर्चा कमायो। पल शाहलाई छाडेर पैसाको लागी उदिपसंग विवाह गरेको आरोप आंचलले पटकपटक खेपिरहिन्।

यो बिषयमा न आंचलले आफ्नो अभिव्यक्ति दिइन् न उदिपले। अभिनेत्री आंचलले यो बिषयमा केहि प्रतिक्रिया दिएकी छिन्। उनि भन्छिन्,’ मैले उदिपजीको बारेमा थाह हुनु पर्ने सम्पूर्ण कुरा थाह पाएर विवाह गरेकी हु। हामीले अरु कसैलाई जानकारी दिनु पर्ने बिषय जस्तो पनि लाग्दैन। तर यो बीच हाम्रो लागी दुखको क्षण पनि थियो । किनकी हाम्रो जीवनको सबैभन्दा खुशीको पलमा यस्तो खबर बाहिरियो।’

उनि अगाडी थप्छिन्,’यहा हरेको प्रेमसम्बन्ध हुन्छ अनि ब्रेकअप पनि। उहाहरुले नयाँ जीवनको सुरुवात पनि गरेका हुन्छन्। तर उहाहरुको नयाँ जीवनको मात्र चर्चा हुन्छ पुरानो जीवन सवै विर्सिन्छ। मलाई र मेरो पार्टनरलाई भने अहिले पनि पटक पटक आक्रमण भैरहेको हुन्छ। यो आवश्यक छ जस्तो लाग्दैन मलाई।’

Loading...
प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार १८:५२