इन्डोनेसियामा अलपत्र परेकी नेपाली चेलीलाई भारतले गर्यो उद्धार

काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली चेलीलाई भारतले उद्धार गरेको छ ।

रत्ननगर–९ चितवनकी शेभिका ढकाल इन्डोनेसियामा अध्यनरत विद्यार्थी थिइन् । कारोना भाइरस महामारी नियन्त्रणका लागि इन्डोनेसियामा लगाइएको लकडानका कारण उनी इन्डोनेसियामै अलपत्र परेकी थिइन् ।

भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो । यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट गरेर जानकारी दिएको छ ।

ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणमा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् । उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारतका दुवै सरकारलाई धन्यवाद दिएकी छन् ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १८:३२