सित्तैमा खाएर क्वारेन्टाइनमा के बस्नु भन्दै युवाहरूले लगाए विद्यालयमा पर्खाल

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।

भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेका थिए । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरिपरि घेरबार नभएको भनदै विद्यालय नजीकैबाट ढुङ्गा बोकेर पर्खाल लगाएको क्वारेन्टाईन्नमा बसेका एक युवा रागबराज बाँनियाले जानकारि दिए ।

खाएर दिनभर क्वारेन्टाईनमा बस्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक अभ्यास हुने पर्खाल लगाउन जुटेकाहरुको भनाई

क्वारेन्टाइनमा बसेका महिला एवं केही युवाहरुले ढुङ्गा बोके र केहीले पर्खाल लगाउने काम गरे । विद्यालयमा पर्खाल नहुँदा विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने स-मस्या थियो ।

भारत बस्दा आफुहरुले निकै संघर्ष गरेको बताउदै उनले आफ्नो गाँउ ठाँउका लागी र आफ्नै छोरा, छोरी तथा भाई, बहिनी पढ्ने विद्यालयमा सानो सहयोग गर्दा रमाइलो लागेको बताए । अधिकांस क्वारेन्टाईन विद्यालयलाई बनाइएको छ । खाएर दिनभर क्वारेन्टाईनमा बस्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक अभ्यास हुने पर्खाल लगाउन जुटेकाहरुको भनाई छ ।

भारतको रामपुर बाट आएका उक्त क्वारेन्टाइनमा ३९ जना युवा सहति महिला तथा बालबालिका गरेर ६८ जना रहेका छन् । शनिबार भारतबाट ३४ जना आएपछि १०२ जना

अहिले प्राप्त मात्रामा औजार नभएकाले भनेजति काम गर्न नसकिएको जनप्रतिनिधिसंग आजौर माग गरिएको स्थानियको भनाई छ । विद्यालयमा चर्पि समेत पुन निर्माण गर्नु पर्ने भएकाले चर्पि पुर्ननिर्माण गर्नुका साथै नजिकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार लगाउने योजनामा उनीहरु छन् ।

थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर सामाजिक काम गरेको भन्दै क्वारेन्टाईनमा बस्ने सबैलाई धन्यबाद दिए ।

भारतको रामपुर बाट आएका उक्त क्वारेन्टाइनमा ३९ जना युवा सहति महिला तथा बालबालिका गरेर ६८ जना रहेका छन् । शनिबार भारतबाट ३४ जना आएपछि १०२ जना भएका छन् । उनीहरुको ब्यावस्थापन गर्न गाँउपालिका लागि परेको उनले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : May 26, 2020

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १९:०२