जाजरकोट घ’टना : नवराजसँग गएका तीन जना युवाको श’व फेला, वडाध्यक्षसहित १२ जना प’क्राउ !

जाजरकोट। शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झ’डपमा परी बे’पत्ता भएका तीन जना युवाको ला’श फेला परेको छ । अझै चार जना बे’पता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए ।

सोतीमा गाउँले र ती युवाहरुबीच झ’डप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको ला’श फेला परेको छ । सुनार र विकको श’व आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेप’त्ता छन्।

घट’नामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । घट’नाका घा’इते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय वि’भेद्का’री गा’लीग’लौज गर्दै ढु’ङ्गामु’ढा गरेको दा’बी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कु’टाइ नपुगेर फेरि आएको भन्दै गा’ली गर्न थालिन्।”

उहाँले आफूहरुलाई बेसरी गा’ली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘‘फर्किइसकेपछि गाउँलेहरु ढु’ङ्गामु’ढा गर्दै ल’खेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हा’म्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म ल’खेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिनुभयो।

भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घा’इते छन् । यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पी’डित पक्षले दो’षीमाथि का’रवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको ला’श परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछु’त जिल्ला घोषणा भइसकेको छ। रासस

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार २१:१९