नेपालमै यस्तो गाउँ जहाँ महिलाहरु जान्छन् विदेश, घर कुरेर बस्छन् पुरुष

सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको त’नाव पैदा भयो । उनीहरुका धेरै प्रयास अ’सफल भए । यसैगरी झ’ण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे । अन्तत राममायाले आफ्नै श्रीमान्को बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो । तीन वर्ष अघि एउटा छु’ट्टै संयोग बन्यो ।

दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक एक छोरा जन्माए । बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो । मन्द मुस्कानसहित भीमबहादुर त्यो क्ष’ण स’म्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमान्लाई छाडेर दुवै श्रीमती वै’देशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि वि’देश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले नि’र्माणको चरणमा भएर नगएको उनले सुनाए ।

गाउँका धेरै महिला विदेश

भीमबहादुरकी दुई श्री’मती, पेम्बाकी एक श्री’मती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुु’वेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी वि’देश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्री’मतीले छाडेको उनीहरुले बताए ।

सा’नुकान्छी तामाङकी छोरी सुनमायाँ पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भू’कम्प प्र’भावित परिवारका छ जना महिला वैदे’शिक रोजगारीमा छन् । उनीहरुका श्री’मान् घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानूनमा के छ

विगतको मु’लुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, न’पुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो । मु’लुकी अ’पराध संहिता २०७४ को परिच्छेद ११ को विवाह स’म्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानूनी व्यवस्था छ ।

उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक स’म्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कै’द र रु १० हजारदेखि ५० हजारसम्म ज’रिवाना हुने र बिहे स्वत बदर हुने उल्लेख छ ।

उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कै’द र रु तीन हजार ज’रिवाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । कानूनमा कारवाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने का’नूनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन । नारायण ढुङ्गाना जनापाती डटकम बाट ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार २१:२३