सु’र्तीमा हुने ४५ किसिमका रसायनले क्यान्सरको जो’खिम, धु’म्रपान छोड्दा फाइदै–फाइदा

धुम्र’पान स्वास्थ्यका लागि हानिकारक छ । सु’र्तीमा स्वास्थ्यलाई नराम्रो असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् भने ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गर्न सहयोग पुर्‍याउँछ । सुर्तीमा पाइने निकोटिनले मानिसको फोक्सो,श्वासप्रश्वास नली, मुख, दिमाग र आँखामा प्रत्यक्ष असर पार्दछ ।

सु’र्तीजन्य पदार्थको सेवनले मुटु तथा पेटमा पनि नकारात्मक असर पर्छ । धु’म्रपानले मानिसको स्वास फेर्ने अङ्ग फोक्सोलाई असर पर्ने भएकाले धु’म्रपान गर्ने व्यक्तिहरुमा दम,कोकी र क्यान्सरको रोग लाग्ने सम्भावना धेरै हुन्छ । सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धु’म्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको मस्तिष्क र रगतमा समेत असर पर्छ ।

ध’म्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मानिसको अकालमै मृ’त्यु हुनसक्छ । धु’म्र’पानका कारण विभिन्न २५ किसिमको रोग लाग्ने विश्व स्वस्थ्य संगठनको दावी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष ५० लाख मानिसको मृ’त्युको कारण धु’म्रपान हो । विश्वमा धु’म्रपानका कारण एक मिनेटमा १० जनाो मृ’त्यु हुने गरेको छ । विभिन्न अध्ययनका अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्छ ।

धु’म्रपानका सेवनले लाग्ने रोगहरु

– फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने,

– दम, खोकी, ब्रोङ्काइटिस हुने,

– मुटुको रो’ग लाग्ने,

– मस्तिष्कमा रक्तश्राव हुने,

– गर्भको बच्चा कमजोर, रो’गी र अङ्गभङ्ग हुने,

– काम गर्ने क्षमतामा कमी हुने,

– गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको बृद्धिविकासमा असर पारी कम तौलको बच्चा जन्मने खतरा हुने,

– गर्भपतन हुने र अवधि पूरा नभई बच्चा जन्मने,

– गर्भमै बच्चको मृ’त्यु हुनसक्ने ।

गर्भको बच्चालाई सूर्तीजन्य पदार्थले हुने असर

– गर्भको बच्चालाई चाहिने अक्सिजनको मात्रा घटाउँछ,

– गर्भको बच्चाको हृदयको गति बडाउँछ,

– नाभीको माध्यमबाट बच्चामा रगत पुर्‍याउने कार्य कम गराउँछ,

– बच्चाको श्वासप्रश्वासमा कमी ल्याउँछ ।

धु’म्रपान छोड्दाको फाइदा

किशोरावस्थामा प्रवेश गर्दैगर्दा युवा युवतीहरु धु’म्रपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्ने गर्छन् । त्यसैले किशोरावस्थामा नै सचेत र संयम हुन सकेमा कुलबाट बच्न सकिन्छ । साथीभाइको दबाव, ठूला मान्छेको देखासिकी र जिज्ञासा तथा कौतुहलताले युवा–युवतीलाई धु’म्रपान तर्फ आकर्षित गरिरहेको हुन्छ । यदि तपाईं धु’म्रपानको लतमा फसिसक्नु भएको छ र छोड्न चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको परामर्धमा सजिलैसँग धु’म्रपान छोड्न सकिन्छ ।

धु’म्रपान छोड्दाको फाइदा यस्तो छ

– फोक्सो दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुको रोग र टिबी रोग लाग्नबाट बच्न सकिन्छ,

– मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,

– गर्भ सुरक्षित हुन्छ, गर्भशित्रको शिशू स्वस्थ रहन्छ,

– दाँत, औँला पहेँलो हुँदैन,

– बालबालिकालाई निमोनिया कम हुन्छ,

– पैसाको बचत हुन्छ,

– आफूभन्दा साना छोराछोरीले धुम्रपान गर्न सिक्दैनन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार २१:४१