यी हुन् दुखमा पनि आनन्दित जीवन बाँच्ने तरिकाहरु-

डा. नम्रता पाण्डेजीवन बिताउनु र जीवन बाँच्नु फरक कुरा हुन् । जीवन कसरी बाँ’चिन्छ, त्यो विरलै मानिसलाई मात्र थाहा होला । अन्यथा अनेक प्रपञ्चले जीवन बितिरहेको छ तर बाँचिएको छैन । जीवनमा भित्रबाट आनन्द अनुभूति नभएसम्म भय, लोभ, देखावटी र संशयमा जीवन बितिरहेको हुन्छ । भौतिक सम्पन्नता, नाम र पद्वीका लागि कठिन विधिहरू होलान्, जीवन बाँच्नका लागि तर आनन्दित जीवन बाँ’च्ने हो भने सरल सूत्रहरू अपनाए पुग्छ । स्वस्थ जी’वनशैली, सेवापूर्ण भाव र अ’विचलित मन नै आनन्दित जीवन बाँच्ने तरिका हुन् ।

त्यसैले केही सूत्रहरूलाई अपनाएर आ’नन्दित जीवन बि’ताउने प्रयास गरौँ ।भनिन्छ नि बिहानको खाना राजाले झैँ खानु, दिउँसोको खाना राजकुमारले झैँ खानु र बेलुकाको खाना गरिबले झैँ खानु । दिनभर शारीरिक श्रम हुनाले बिहान खाएको खाना सजिलै पच्छ तर बेलुका खाना खाएपछि खासै शारीरिक श्रम नपर्ने र विश्राम अर्थात् निद्रामा जाने हुँदा बिहानको जति खाना बेलुका ग्रहण गर्दा पाचन क्रियामा असर पर्छ । शक्ति प्राप्तिका लागि खाना खाइन्छ र त्यो शक्ति परिश्रमका लागि हुनुपर्छ । खाने तर परिश्रम नभएमा खाना रोग बनेर बस्छ ।

त्यसैगरी, खाना मीठो, तेलीय र मसलेदारभन्दा पनि साŒिवक भोजन ग्रहण गर्ने बानी बसाल्न सके जीवनमा रोग नि’म्त्याउनुपर्दैन । यति सरल उपाय अपनाएर शरीर स्वस्थ राख्यौँ भने आनन्द कहाँ हराउँछ र ?जसरी पृथ्वीमा तीन भाग पानी र एक भाग जमिन छ, त्यसैगरी मानिसको शरीरमा पनि तीन भाग पानी छ । मानव शरीरमा ७० प्रतिशत पानी हुन्छ । त्यसैले दैनिक आवश्यक मात्रामा पानी पिउन सकिएन भने शरीरमा जम्मा भएका वि’षाक्त, ट’क्सिनयुक्त कुराहरू बाहिर निस्कन पाउँदैनन् । अक्सिजन प्राप्तिका लागि पनि दैनिक आवश्यक मात्रामा पानी पिउनैपर्ने हुन्छ । जाडो होस् वा गर्मी सकेसम्म उमालेर मनतातो पानी पिउनु स्वास्थ्यका लागि सर्वोत्तम हुन्छ ।

पा’चन क्रि’यालाई सशक्त राख्न, हा’डजोर्नीसम्बन्धी स’मस्याबाट ब’च्न र शरीरको वि’षाक्त तŒवलाई बाहिर फ्याँक्न पानी नै पहिलो औ’षधि हो । तरल पदार्थको नाममा पिउने कफी, चिया, सोडा, गुलिया रसायन मिसिएका जुस, मादक प’दार्थले पानीको काम गर्दैनन् । यिनले स्वास्थ्यमा न’कारात्मक असर गर्छन् भन्ने बोध हुनुपर्दछ । शुद्ध पानी पिएर शरीर स्वस्थ रहन्छ भने किन नगर्ने ? शरीर स्वस्थ नभईकन आनन्द कहाँबाट आउँछ ?हाँस्ने, मुस्कुराउने व्यक्ति सामुन्ने देख्दा अन्यलाई पनि आनन्द आउँछ । हाँस्दा शरीरका को’षकोषिकाहरू सक्रिय हुन्छन् भने रिसाउँदा शरीरका को’षिका नि’ष्क्रिय हुन्छन् ।

मुस्कुराउँदा अनुहारका १३ वटा र रिसाउँदा ६४ वटा मांसपेशीको प्रयोग हुन्छ भनिन्छ । त्यसैले मुस्कुराउँदा ऊर्जा प्र’वाहित हुन्छ भने रि’साउँदा ऊर्जा नाश हुन्छ । हाँसो एउटा महŒवपूर्ण थेरापी हो, स्वस्थ, खुसी र आ’नन्दित जीवनका लागि । हरपल हाँस्ने कसरी ? यसको सरल उपाय छ, दैनिक गर्ने प्रत्येक कर्म अगाडि मुस्कुराउने । बिहान उठ्नासाथ मुस्कान फैलियोस् अनुहारमा । पानी पिउँदा गिलास समाउनुअगाडि मुस्कुराउने, फोन उठाउनुअगाडि, हात मिलाउनुअगाडि, नमस्कार गर्नुअगाडि मुस्कुराउने, भान्साका काम हुन् वा कार्यालयका काम मुस्कानबाट सुरू गर्नुपर्छ ।

कुराकानीको सुरूवात मुस्कानबाट गर्नु राम्रो उपाय हो । कसैसँग अथाह सम्पत्ति र उच्च पद भएर पनि मुस्कुराउन जानेको छैन भने के अर्थ रहला ? हरेक व्यक्तिले हरेक कर्म मुस्कुराएर गर्न कुनै आ’पत्ति हुँदैन । मुस्कुराउने बानीले प्रेम, स्वास्थ्य, सम्बन्ध, सकारात्मकता, खुसी, सुख र आनन्दको ढोका खो’लिदिएको हुन्छ । मुस्कानमा हुने सुन्दरता र आकर्षण अरू केमा होला र ?‘सेवा हि परमो धर्म’ आपतमा परेका र आवश्यक परेकालाई सहयोग गर्नु नै धर्म हो । जसमा सेवाभाव र करूणा छैन, उसको जीवनमा आनन्द कुन द्वा’रबाट प्रवेश गर्ला ?

जीवनभरको कमाइ र स’म्पन्नताको केही प्रतिशत समय, धन र मन सेवामा लगाउन जानिएन भने अरू के जान्दछौँ हामी ? जानेको के अर्थ ? समाजका प’रोपकारी काममा सेवाका हातहरू बढाउन सकिएन भने मा’नवताको उदाहरण केबाट दिने ? शिक्षा, स्वास्थ्य, योग, ध्यान, जीवनशैली सुधार, उत्प्रेरणा प्रदान गर्ने कार्यजस्ता जति पनि स’कारात्मक ऊ’र्जा बाँ’ड्न र फै’लाउन सक्ने अवसर आउँछन् भने त्यसमा पछि पर्नुहुँदैन । मै खाऊँ, मै लाऊँको भावना ह’टाएर उ’दारता र प्रेमको उदाहरण प्रस्तुत गर्ने माध्यम नै से’वाभाव हो र यसलाई बढाउँदै जाने कला महŒवपूर्ण हो ।

शरीर जति चलायमान भयो त्यति ठीक र मन जति स्थिर भयो त्यति ठीक भनिन्छ । मानव शरीरको बनोट, मांसपेशी र हा’डजोर्नीहरूको काम, महŒव र यसले स्वास्थ्यमा पार्ने सिधा अ’सरलाई ख्याल गर्ने हो भने आरामभन्दा धेरै व्यायामको जरूरत पर्दछ । शारी रिक, मा’नसिक, सामाजिक र आ’ध्यात्मिक रूपले नै स्वस्थ, मस्त र आ’नन्दित रहन व्यायाम आवश्यक छ । मनलाई एकाग्र बनाउन, मुटुको धड्कनलाई निरन्तरता दिन, हाडजोर्नीलाई म’जबुत बनाउन, शरीरको वजनलाई सन्तुलनमा राख्न, आकर्षण देखिन र बाँचुन्जेल निरोगी र आनन्दित भएर बाँच्नलाई व्यायामको विकल्प छैन ।

जसले व्यायामको कला र महŒव जानेको छैन उसले कसरी आनन्दित जीवन बाँ’च्ला ?जस्तोसुकै परिस्थिति आओस् आहा भनेर स्वी’कार्नु र ओहो भनेर आत्तिनु उस्तै ऊर्जाको खर्च गर्नु हो तर ओहो भन्दा मन अत्तालिन्छ, भएको का’र्यक्षमता र विश्वाससमेत नाश हुन्छ भने आहा भन्दा सकारात्मक ऊ’र्जा फैलिन्छ । काम नै बिग्रे पनि, व्यापार व्यवसायमा घाटा लागे पनि, पदोन्नति रोकिए पनि, छोराछोरीले राम्रो अङ्क नल्याए पनि कर्मको प’रिणाम आइसकेपछि दुःख मानेर के फाइदा ? आहा यस्तो भएछ, अबदेखि राम्रो गरौँ, गर्छु, राम्रो होस् भन्ने सकारात्मक ऊर्जा र मीठो वाणीबाट काम गर्न सकियो भने जीवनमा कसरी आनन्द आउँदैन ?प्रा’णको विस्तार प्रा’णायाम हो ।

व्यक्ति जब जन्मिन्छ तब गहिरो श्वास लिन्छ र जब मृत्युको समय आउँछ बिस्तारै श्वास छो’डिदिन्छ । त्यसैले पनि प्र’माणित हुन्छ कि मानिसको प्रा’ण नै श्वास हो ।त्यसैले समयअनुसार श्वास ग’हिरो, ढिलो लिने, कहिले मन्द स्वस्फूर्त। यसको गतिलाई ध्यान दिँदै लिने र छोड्ने प्रक्रिया नै प्रा’णायाम हो । सकेमा एक मिनेटमा पाँच÷सातपटक श्वास लिने छा’ड्ने गर्ने र नसकेमा १०÷१२ पटक कायम राख्ने । यसले शरीरमा अ’क्सिजनको सञ्चार गर्छ, चि’न्तामुक्त गराई शरीरलाई सकारात्मक ऊ’र्जा प्रदान गर्नुका साथै मन शान्त बनाउँछ । जन्मदेखि मृ’त्युसम्म प्रा’णायाम चलिरहन्छ ।हामी कुन अनुशासनले श्वासप्रश्वास गर्छौं, प्रा’णायाम गर्छौं, त्यसले हाम्रो स्व’भावको परिचय दिन्छ ।

काम गर्दागर्दै, यात्रा गर्दागर्दै पनि बीचबीचमा दुई÷चारपटक लामो गहिरो श्वास लिने छा’ड्ने गर्दा पनि थ’कान मेटिन्छ र शरीरमा स्फू’र्ति प्राप्त हुन्छ । श्वासको नै ख्याल छैन भने जीवन कसरी आनन्दित होला ?हरेक समस्याको स’माधान ध्यान हो । सि’र्जनात्मक हुनु, खेलपूर्ण हुनु, सजग रहनु, आफ्नो स्व’भावमा बाँ’च्नु, आफूलाई चिन्नु र मनलाई स्थिर राख्ने माध्यम ध्यान हो । अनियन्त्रित विचार शृ’ङ्खलालाई जान्नु, त्यसबाट ब’च्नु र आफ्नो परम चै’तन्यको बो’ध गर्नु ध्यान हो । यो कला जीवनमा उ’तार्न सकिएन र सकिँदैन भने आनन्दित जीवनको कल्पना नगरे पनि हुन्छ ।(लेखक सामाजिक प’रामर्शदाता हुनुहुन्छ ।)

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार २२:११