देशले कोरोनाको म’हामारी एउटा सि’पाही गु’मायो , र’हस्यमय बन्दै नर्स आ’त्मह’त्या प्रकरण

काठमाडौं, तेह्रथुमको सदरमुकाम म्या’ङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको स’न्तोषी होटलमा अ’स्ति बुधवार एकजना युवती मृ’त फेला परेकी छन् । उनी मे’न्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् ।यतिखेर कोरोना कहरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अ’ड्केकी थिइन् । तर,नि’यमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् ।गत माघमा केही दिनको छुट्टीमा मोरङ्, उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गा’ह्रो भएको भन्दै रोएकी थिइन् ।

तर, परिवारले लामो समय घर परिवारमा बसेर हु’र्केकाले बि’रानो ठाउँमा जा’गिर खा’न जाँदा न्या’स्रोले त्यसो भनेकी हो’लिन् भन्दै स’हज तरिकाले लिएको थियो ।अहिले अ’प्रत्यासित रूपमा उनले आ’त्मह’त्या गरेको खबर आएपछि परिवार र आफन्त शो’कमा डु’बेका छन् । लकडाउनले मु’लुक नै ठ’प्प भएको र कोरोनाको उपचार गर्ने बे’लामा एउटी स्वास्थ्यकर्मीले के कारणले आ’त्म’हत्या गर्नुपर्यो होला ? घ’टना र’हस्यमय र सो’चनीय देखिएको छ ।देशले को’रोनाको म’हमारीमा एउटा सि’पाहि गु’माएकाे छ।

प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट, तारकेश्वर-छ का ख’म्बसिङ्ग तामाङलाई यस प्रकरणमा गि’रफ्तार गरी अ’पहरण,श’रीर ब’न्धक र आ’त्मह’त्या दु’रुत्साहनमा अदालतबाट म्या’द थपेको छ ! पहिला भने आ’त्मह’त्याको अ’भिलेख राखिएको थियो !घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत न’जिकिएको र १० गते सङ्गै सदरमुकाममा बा’इक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्र’त्यक्षदर्शीहरुको भ’नाइका आधारमा थप छा’नविनका निम्ति तामाङ्गलाई स’मातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले बताए !

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार २१:३५