शनिबार जन्मिनु भएको हो ? अवश्य पढ्नुहोस्

काठमाडौं । मानिसको चालचलन, व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ ।

को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउदै आएका छन् । शनिबार जन्मेका व्यक्तिहरु हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरु निकै गम्भीर र जिम्मेवार स्वभावका हुने गर्द छन् । यस्ता व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन् ।

यस्ता व्यक्तिहरु सफा मनका हुने गर्छन् र आफ्नो मनमा जे छ त्यहि भन्ने गर्छन् । कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना हुने गर्दा तपाई संग धेरै जना रुस्ट समेत हुने गर्छन् । तर, पछि कुरा बुझेर अरुहरु तपाई संगै सुझाव लिन आउने गर्छन् । यस्ता व्यक्तिहरुका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि यिनीहरु जे पनि गर्न तयार भएका हुन्छन् । कसैलाई पनि ठेस नपुगोस भन्ने सोचले काम गर्नु हुन्छ भने यस्ता व्यक्तिहरु छिट्टै दुखि हुने गर्छन् ।

यस्ता व्यक्तिहेरु आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्छन् तर, गलत कुराहरुलाई सहन नसक्ने भएका कारणले एक रिस उठेपछि यस्ता व्यक्तिहरुलाई निकै नराम्रो सँग उठ्न सक्छ । शनिबार जन्मेका व्यक्तिहरु जिद्दि हुनुका साथै जहिले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्ने गर्छन् र यिनीहरुको विचार पनि यिनीहरु जस्तै पर्फेक्ट हुने गर्छन् । दुखि भएपनि सधै आफ्नो अनुहारमा मिठो मुस्कानका साथ रहने भएकाले यस्ता व्यक्तिहरु आफ्नो दुखलाई लुकाउन माहिर हुन्छन् ।

यस्ता व्यक्तिहरुलाई संगीत र खेलमा निकै रुची हुने गर्छ । शनिबर जन्मेका व्यक्तिहरुले हाइ क्लास वस्तुहरु मनपराउने हुन्छ। यिनीहरुले लगाउने लुगादेखि जुत्तासम्मले हाई क्लास पर्सनालिटी झल्काउने गर्छ । यस्ता व्यक्तिहरु निकै मेहेनत गरेर पैसा कमाएर पैसावाला भएपनि आफुलाई नचाहिने सामानमा छिट्टै पैसा खर्च गर्दैनन् । शनिबार जन्मेका व्यक्तिहरुको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यस्ता व्यक्तिले आफ्नो पार्टनरलाई निकै केयर गर्ने गर्छन् । साथै, यिनीहरुको पार्टनर निकै बुझ्ने र माया गर्ने खालका हुने गर्छन् ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार २२:५२