हेर्नुहोस दुई टाउको भएको दुर्लभ सर्प फेला पर्‍यो, खानका लागि दुवैले गर्छन् झगडा (भिडियोसहित)

रतको एक जंगलमा अत्यन्तै दुर्लभ दुईटाउके सर्प फेला परेको छ । यो सर्प केही दिनअघि मात्र जन्मेको हो । यस्तो सर्पलाई वुल्फ स्नेक भनिन्छ र योविषालु हुँदैन ।

सर्पको भिडियो फूटेज हेर्दा दुईवटा टाउकाका कारण त्यसलाई भुइँमा घस्रिन गाह्रो परेको देखिन्छ । एउटा टाउको एकातिर जान खोज्दा अर्कोले अर्कैतिर लग्न खोज्छ ।

उडिसाको कीओनझार वन्यजन्तु आरक्षमा यो सर्प राकेश मोहालिकले फेला पारेका हुन् ।

सर्पको परीक्षण गरेका विज्ञहरूले यो १४ सेन्टिमिटर लामो रहेको र उसका दुवै टाउको पूर्ण विकसित रहेको बताए । उसका चारवटा आँखा र दुईवटा जिभ्रा छन् ।

दुवै टाउको स्वतन्त्र निर्णय लिन्छन् त्यसैले यस्ता प्राणीलाई जंगलमा बाँच्न गाह्रो पर्छ ।

वन्यजन्तुका विषयमा उत्साही फोटोग्राफर राकेशले यो सर्प आफैंले आफैंसँग प्रतिस्पर्धा गर्ने बताए ।

‘दुईमध्ये एक टाउको अलिक बढी विकसित छ र दुवैले खानेकुराका लागि संघर्ष गर्ने गरेका छन्,’ राकेशले भने ।

यो सर्पलाई फेरि जंगलमै लगेर छोडिएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार २१:५७